Tuesday, December 28, 2010

बालिका बलत्कार गर्ने जेल चलान

गुल्मी, पुस १३ - बालिका बलात्कार गर्ने युवकलाई जिल्ला अदालतले ८ वर्ष कैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतले सोमबार गरेको फैसला अनुसार धुर्कोट रजस्थल-७ का २५ वषिर्य सुनिल पाण्डेलाई स्थानीय १३ वर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा ८ वर्ष कैदको फैसला सुनाएको हो । अदालतले पिडीत बालिकालाई क्षतिपूर्ती बापत पाण्डेले १८ हजार रुपैंया नगद समेत दिलाएको छ ।

अभियुक्त पाण्डे सोमबार नै जेल चलान भएका छन् । पाण्डेले २०६६ चैत २३ गते स्थानीय कालापत्तल जंगलमा बालिका काफल खान गएको मौका पारी बलत्कार गरेका थिए । युवकलाई हदैसम्मको कारबाहीको माग गर्दै बालिका र उनका अभिभावकले बैशाख २३ गते अदालतमा मुद्धा दायर गरेका थिए ।

उपप्रधानमन्त्री गच्छदारलाई कालो झण्डा

पुस १३- कार्यकर्ता प्रशिक्षणका लागि सिरहा पुगेका उपप्रधानमन्त्री विजयकुमार गच्छदारलाई हालै पदमुक्त भएका राज्यमन्त्री सञ्यज साहले गठन गरेको मधेश क्रान्ति फोरमका कार्यकर्ताहरुले कालो झण्डा देखाएका छन्। साहले गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिकलाई फुटाएर नयाँ पार्टी गठन गरेको घोषणा गरेपछि उनलाई पदमुक्त गरिएको थियो। सप्तरीको कल्याणपुरमा कार्यकर्ता प्रशिक्षणका लागि जाँदै गरेका उपप्रधानमन्त्री गच्छदारलाई सप्तरीको रुपनी खण्डमा कालो झण्डा देखाउँदै नाराबाजी गरिएको थियो।

नेपाली हैन जापानी


जापानको टोकियोमा एसियाली मुलुकहरुको पर्यटन प्रवर्द्धनको उद्देश्यले शुक्रबारदेखि शुरु भएको साताब्यापी महोत्सवमा नेपाली लोकभाकाको गीतमा नाच्दै जापानी युवती। तस्बिरः पीचन्द्र न्यौपाने

कम्युनिस्टहरुको ध्रुविकरण जरुरीः प्रचण्ड


१३ पौष । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण वामपन्थी शक्तिहरुमा ध्रुवीकरण आवश्यक रहेको बताउनु भएको छ ।माओवादी केन्द्रीय सल्लाहकार हस्तबहादुर केसीद्वारा लिखित माक्सवादी दर्शनको रुपरेखा नामक पुस्तकक मंगलबार विमोचन गर्दै उहाँले भन्नुभयो,’झन्डै दुई तिहाइको संख्यामा रहेका हामी कम्युनिस्टहरुको ध्रुविकरण जरुरी छ ।’

प्रचण्डले दस वर्ष जनयुद्ध लडेको पार्टी माओवादीले नै वाम ध्रुवीकरणको नेतृत्व गर्न पाउनु संसारका लागि अनौठो घटना भएको बताउनुभयो ।

नेपालका वामपन्थी शक्तिहरुलाई फुटाउन देशविदेशका प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी शक्तिहरु लागेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले त्यो सपना पूरा हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।