
राजधानीमा बुधबार आयोजित साक्षत्कार कार्यक्रममा नेता आचार्यले भन्नुभयो, ‘हामी सहमतिको सरकारको पक्षमा रहेका छौं । सहमतिका लागि आफ्नै नेतृत्वको बहुमतीय सरकार छाडेका हौं । अब बहुमतीय सरकारको मुलुकमा कुनै औचित्य छैन ।’
कांग्रेसको नेतृत्वमा बहुमतीय सरकार बनेपनि एमाले सहभागि नहुने उहाँको भनाई थियो ।
यद्यपि उहाँले सहमतिको सरकार बन्ने अवस्थामा नेपाली कांग्रेसको नेतृत्व एमालेलाई स्विकार्य हुने बताउनुभएको थियो ।
यथास्थितिमा माओवादीको नेतृत्वमा र मधेसवादी दलहरुको नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको स्पष्ट पार्दै आचार्यले सहमतिको सरकार निर्माण गर्न जसले महत्वपूर्ण भूमिका खेल्न सक्छ उसैको नेतृत्वलाई एमालेले स्विकार गर्ने बताउनुभयो ।
नेतृत्व गर्ने जिम्मेवारी एमालेको काँधमा आए त्यसलाई एमालेले स्विकार गर्ने स्पष्ट पार्दै एमालेभित्र नेतृत्वको कुनै विवाद नरहेको उहाँको भनाई थियो ।
नेता आचार्यले भन्नुभयो, ‘पार्टी अध्यक्षको नाताले झलनाथ खनाल नै सहमतिको सरकारको प्रधानमन्त्री बन्नु हुन्छ ।’ बुहमतीय पद्दतीमा पनि सहमतिको संभावना कायम रहेको उल्लेख गर्दै आर्चायले त्यसकोलाग्ाी एमालेले आन्तरिक रुपमा छलफललाई तिब्र पारिरहेको उहाँको भनाई थियो ।
