Wednesday, July 14, 2010

बामदेवले भने, 'झलनाथ जी प्रधानमन्त्री'

एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सोही पार्टी उपाध्यक्ष वामदेव गौतमले बताएका छन् ।माओवादीसंग आफनै सेना रहेकाले काँग्रेस र एमालेले नेतृत्व दिन नसक्ने भनिसकेका अवस्थामा नेता गौतमले माओवादीले पनि अन्त्यमा आएर खनाललाई प्रधानमन्त्रीको लागि समर्थन गर्ने बिश्वास व्यक्त गरे ।

धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी बिनाको सरकारले शान्ति र संबिधान निमार्ण गर्न नसक्नेसमते बताए ।

'काँग्रेसलाई नेतृत्व दिंदा माओवादी फेरी बाहिर नै पर्ने भएकाले अध्यक्ष खनाल नै प्रधानमन्त्री सर्वस्वीकार्य ब्यक्ति हुन' उनले भने, 'बहुमतीय सरकार मात्रै वन्नु मुलकको लागि दुर्भाग्य हुने छ ।' 

नेता गौतमले अनमिनप्रति गुनासो गर्नुको कुने औचित्य र अर्थ नभएकोसमेत बताए । पार्टीको आन्तरिक कार्यक्रमको लागि नेता गौतम मंगलबार धनगढी आएका हुन् ।

No comments: