Sunday, May 15, 2011

गुण्डा र नेताको सम्बन्ध


केपी ढुंगाना-
यसपटक पनि आठै दिनमा उड्यो चरी भुरुरुर्र। उडेर सरासर बल्खु दरबारको गजुरको टुप्पोमा गएर बस्यो चरी। पुलिसहरू हेरेको हेर्‍यै भए। फिरौती रकम र हतियार सहित रङ्गेहात समातिएको चरी किन र कसरी उड्यो? किन बल्खु दरबारकै गजुरको टुप्पोमा गएर बस्यो? पुलिसहरूलाई केही थाहा थिएन।

यी चरीलाई त्यत्तिकै चरी भनिएको थिएन। जहिले जहाँ थुनिए पनि भुरुरुर्र उडन्सक्ने विशेषता नै हो उनको। होइन भने, उनको नागरिकताको नाम त छँदै थियो -दिनेश अधिकारी। पक्राउ पर्दा उनीबाट बरामद भएका सामग्रीका आधारमा उनीमाथि कार्वाही चलाउन सकिने पर्याप्त आधार थियो। तर, प्रहरीले केवल ‘केही सार्वजनिक ऐन' अन्तर्गतको अभियोग लगायो। यही आधारमा उनलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले पनि सहजै धरौटीमा रिहा गर्‍यो।

प्रहरी सूचीमा चरी सङ्गठित आपराधिक समूहका नाइके भए पनि राजनीतिक आशीर्वाद पाएका चरीलाई प्रहरीले चाहेर पनि कार्वाही गर्न सकेन। सरकारको नेतृत्व गरिरहेको पार्टी एमालेका नेताहरूको निरन्तर दबाबका अगाडि नियम कानुनको केही चलेन। प्रहरी उनलाई सामान्य अभियोग लगाएर धरौटीमा रिहा हुने वातावरण मिलाइदिन बाध्य भयो।

सामान्य रेस्टुराँमा श्रम गर्ने महिलालाई पक्राउ गरेर अनुसन्धान गर्ने निहुँमा २४ दिन खोरमा कोच्ने प्रहरी प्रशासन चरीको केसमा भने आठै दिनमा निष्कर्षमा पुगेको छ। एआइजी अर्जुनजङ्ग शाही अनुसन्धान सकिएकाले उनलाई रिहा गरेको बताउँछन्। बुधवार उनले सञ्चारकर्मीमाझ ँयो विषयमा धेरै कुरा नगरौंँ, तपाईँहरू कुरा बुझिहाल्नुहुन्छँ भन्दै पन्छिएका थिए।

वैशाख १३ गते महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रहरीले नागढुङ्गाबाट उनलाई सहयोगी सहित पक्राउ गर्दा उनीबाट रु ५ र २० लाखको छुट्टाछुट्टै चेक र धारिलो तरबार बरामद गरेको थियो। चरीबाट बरामद भएको चेक, धादिङमा टेन्डरको क्रममा व्यवसायीबाट जबर्जस्ती खोसेको प्रहरीको दाबी थियो। एमाले नेताको दबाबका कारण प्रहरी उनलाई अन्य अभियुक्तभन्दा फरक व्यवहार गर्न बाध्य थियो। हतियार सहित पक्राउ परेका चरीलाई प्रहरी कार्यालय ल्याइपुर्‍याउनु अगाडि नै रिहा गर्न प्रहरीको फोनमा घन्टी बज्न थालिसकेको थियो।

आपराधिक पृष्ठभूमि भए पनि राजनीतिक आशीर्वादका कारण कार्वाहीवाट उन्मुक्ति पाउने गरेका चरी एकजना मात्रै हैनन्। सङ्गठित आपराधिक समूह सञ्चालकको सूचीमा रहेका सामान्य गुन्डा पक्राउ गर्दा समेत रिहाइका लागि राजनीतिक दबाब आउन सुरु भइहाल्छ। दीपक मनाङे, चक्रे मिलन, कुमार घैँटे, गणेश लामा र राजु गोर्खाली- यी सबै डनलाई प्रत्यक्ष-अप्रत्यक्ष राजनीतिक दलका नेताको संरक्षण प्राप्त छ। उनीहरूले नेताहरूको आडमा आपराधिक सञ्जाल विस्तार गर्ने गरेका छन्। नेताहरू डनका सुरक्षाकवचका रूपमा प्रयोग हुने गरेका छन्।

सम्बन्धको जालो

चरी पक्राउ परेको घटनालाई आयुक्त कार्यालय र महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रहरी अधिकारीले ठूलै उपलब्धिका रूपमा प्रचार गरेका थिए। यसका साथै हनुमानढोकामा एमालेका प्रभावशाली नेताको भिड बढ्न थाल्यो। एसपी केदार रिजालको मोबाइलमा आग्रह र चेतावनी शैलीका फोनको सङ्ख्या बढ्दै गएपछि बाध्य भएर प्रहरीले पक्राउ परेको आठै दिनमा चरीलाई धरौटीमा रिहा हुन सहज बनाउँंदै मुद्दा दर्ता गराएको थियो।

प्रारम्भमा कांग्रेससँग निकट रहेका चरी अहिले सत्ताधारी दल एमाले निकट छन्। उनी एमाले धादिङ क्षेत्र नम्बर १ का उपाध्यक्ष समेत हुन्। प्रहरीस्रोतका अनुसार एमालेका प्रभावशाली नेता केपी शर्मा ओलीदेखि युवा सङ्घका अध्यक्ष महेश बस्नेतसम्मको संरक्षण चरीलाई प्राप्त छ। उनी पक्राउ परेपछि बस्नेतको निर्देशनमा युवा सङ्घ प्रदर्शनमा उत्रिएको थियो। एमाले धादिङका नेता राजेन्द्र पाण्डे चरीलाई रिहा गराउन काठमाडौं प्रहरी परिसरको कार्यालयमै पुगेका थिए।

आपराधिक गतिविधिबाट सम्पत्ति आर्जन गरेको आशङ्का गर्दै केन्द्रीय अनुसन्धान ब्युरो र महानगरीय प्रहरी अपराध महाशाखाले चरीको सम्बन्धमा अनुसन्धान गरिरहेको छ। महाशाखाले तयार पारेको सम्पत्ति प्रतिवेदनमा चरीको नाममा धादिङ्का एक सय रोपनी जग्गा र बालुवाखानी रहेको खुले पनि सम्पत्तिको स्रोत खुलेको छैन। राजस्व अनुसन्धान विभागको सूचीमा समेत चरी कार्वाहीको सूचीमा छन्। प्रमाण भएर पनि प्रहरीले उनीमाथि अन्य अभियोगमा कार्वाही अगाडि बढाउन सकेन।

आपराधिक गतिविधिमा सक्रिय गणेश लामाले सबैलाई उछिनेर छोटो समयमा बलियो राजनीतिक संरक्षण पाएका छन्। करिब १० वर्ष आपराधिक गतिविधिमा सक्रिय रहेका उनी अहिले मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक)का केन्द्रीय सदस्य हुन्। तर,प्रहरी सूचीमा उनको नाम काभ्रेली समूहका नाइकेका रूपमा नै उल्लेख छ। उपत्यकाको रात्रिकालीन व्यवसाय, रक्तचन्दन तस्करी, ठेक्का-पट्टामा गुन्डा परिचालन गरेर मनग्गे सम्पत्ति जोड्न सफल भएका लामा राजनीतिक योगदान नभए पनि राम्रै आर्थिक योगदान गरेर लोकतान्त्रिकका केन्द्रीय सदस्य बने।

आपराधिक छवि लुकाउन व्यवसायीको आवरणमा रहेका लामालाई लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले टीका लगाएर उनको पुरै समूहलाई पार्टीमा प्रवेश गराएका थिए। प्रहरीको आन्तरिक अनुसन्धानबाट उनी करिब रु ५० करोडभन्दा बढी सम्पत्तिको मालिक रहेको खुलेपछि उनको सम्पत्तिको स्रोतको खोजीमा राजस्व अनुसन्धान विभाग र केन्द्रीय अनुसन्धान ब्युरो खटिएका थिए। तर, राजनीतिक दबाबका कारण अनुसन्धान अगाडि बढेको छैन।

कुनै समय राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाका दाहिने हात मानिने दीपक मनाङे पछिल्लो समय सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष बनेका छन्। कुटपीटको अभियोग प्रमाणित भएपछि डेढ वर्ष डिल्लीबजार कारागारमा बिताएर रिहा भएलगत्तै मञ्चको केन्द्रीय सदस्य बनेका उनी अहिले आफूलाई उपाध्यक्षका रूपमा चिनाउने गर्छन्। नेपाली कांँग्रेसका युवा तथा विद्यार्थी नेताहरूबीच पनि उनको प्रभाव बलियो छ।

हतियार र लागुऔषधको अभियोगमा केन्द्र्रीय कारागारमा रहेका चक्रे मिलन एमाले नेता प्रदीप नेपाल निकट मानिन्छन्। उनी नेपालकी पत्नी झुमा देवानसँग भाइटीका लगाउँछन्। आफ्नो पहँुच राजनीतिमा समेत रहेको पुष्टि गर्न उनले चक्रपथमा कार्यक्रम आयोजना गरे। कार्यक्रममा उनले आफूसँगै मञ्चमा तत्कालीन मन्त्री देव गुरुङ र काँग्रेस नेता नरहरि आचार्यलाई दायाँबायाँ राखेका थिए। पछिल्लो समय उनले एमाले महासचिव इश्वर पोखरेलसँग समेत कसिलो सम्बन्ध बनाइसकेका छन्।

दुई वर्षजति कारागारमा बिताएर रिहा भएलगत्तै उनले एमालेको युवा सङ्घ मार्फत राजनीतिमा सक्रिय हुने प्रयास गरेका थिए। तर, भैरहवामा हतियार र लागुऔषध सहित पक्राउ परेपछि उनी कारागारमा छन्। कारागारबाटै पनि उनले एमाले नेताको पावर प्रयोग गर्न छाडेका छैनन्। कारागारभित्रैबाट आपराधिक सञ्जाल सञ्चालन गरेको पुष्टि भएपछि कारागार व्यवस्था विभागले उनलाई काठमाडौंँ बाहिर सरुवा गरे पनि राजनीतिक दबाबका कारण निर्णय कार्यान्वयन भएकोे छैन। उनी पूर्व राजपरिवारका सदस्यसँग समेत निकट छन्।

विभिन्न आपराधिक गतिविधिमा सक्रिय रहेका घैँटे भनिने कुमार श्रेष्ठलाई कांँग्रेस नेता अर्जुननरसिंह र जगदीशनरसिंह केसीको संरक्षण छ। प्रहरीस्रोतका अनुसार प्रहरीले खोजी सुरु गरेपछि संरक्षणका लागि उनले केसीको गँगबुको घरमा आश्रय लिने गरेकाछन्। घैँटेको दैनिक अनुगमनका लागि महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पर्सनल ट्रयाकर दिएको थियो। केही दिन ट्रयाकर बन्द गरेपछि अपराध महाशाखाका तत्कालीन प्रमुख रणबहादुर चन्दले सोधपुछका लागि उनलाई कार्यालयमा बोलाउंँदा उनी कांँग्रेस नेता तथा सभासद् जगदीशनरसिंहलाई लिएर महाशाखाको कार्यालय पुगेका थिए।

कसरी पुग्छन् नेताका काखमा

उनीहरूको राजनीतिक सम्बन्ध विद्यार्थी नेताबाट प्रारम्भ हुन्छ। क्याम्पसको राजनीतिमा संलग्न विभिन्न दलका भ्रातृ संस्थालाई आर्थिक र भौतिक सहयोग पुर्‍याउँदै उनीहरू केन्द्र्रीय तहका नेताको दैलोसम्म पुग्छन्।

नेताका सामान्य समर्थकका रूपमा सुरु हुने सम्बन्ध विस्तारै घनिष्ठ हुन्छ। चुनाव प्रचारमा सहभागी हुने, बुथ क्याप्चर र प्रतिस्पर्धीलाई तह लगाउने काम गर्दागर्दै उनीहरू नेताका विश्वासपात्र बन्ने गरेका छन्। धम्की र कुटपीट मात्र हैन,जबर्जस्ती रकम असुली, हत्या र अपहरणमा समेत उनीहरूको संलग्नता भएपछि नेताहरूले सहजै ‘मेरो मान्छे हो केही नगर्नू' भन्दै सहयोग गर्ने भएकाले उनीहरूको जालो र प्रभाव रोकिएको छैन। आपराधिक सञ्जाल भत्काउन प्रहरी सक्रिय भए पनि उनीहरू केवल राजनीतिक आशीर्वाद नपाएकाहरूलाई मात्र पक्राउ गरी कार्वाही गर्न सफल छन्। नेताहरूको सेवा गरेबापत पाउने नजराना पर्याप्त नभएपछि उनीहरू आर्यआर्जनका लागि आपराधिक क्रियाकलापमा संलग्न हुन्छन्। उनीहरूका पछाडि पचासदेखि दुई सयसम्मका केटाहरू साथ रहन्छन्।

Wednesday, May 4, 2011

यसरी मारिए लादेन


वैशाख २० - ओसामा विन लादेनविरुद्ध कारबाही चिसिँदै गएको बेला गत अगस्टमा अमेरिकी गुप्तचरहरूले ठूलो उपलब्धि हासिल गरे । उनीहरूले वर्षौंदेखि खोजिरहेको लादेनको विश्वासिलो कुरिअर पाकिस्तानी राजधानी इस्लामावाददेखि ३५ माइल टाढाकम्पाउन्डमा फेला पारेका थिए ।

अमेरिकी एउटा प्रतिआतंकवाद कारबाही केन्द्रनजिकैको यो संरचना यति सुरक्षित र ठूलो थियो कि यसलाई अमेरिकी अधिकारीहरूले कुरिअर मात्र भन्दा पनि कसैलाई लुकाउन महत्त्वपूूर्ण रहेको अनुमान गरे । त्यसपछि आठ महिनाको अथक गुप्तचरी कार्यले आइतबार विन लादेन मारिएपछि एउटा विस्तृत र लगभग आशा मारिसकेको एउटा इतिहास अन्त्य भएको छ ।

झन्डै एक दशकसम्म पाकिस्तान र अफगानिस्तानमा अमेरिकी सेना र गुप्तचर बलले विन लादेनको डरलाग्दो छाया पछ्याइरह्यो । पूर्वी अफगानिस्तानको तोराबोरा पहाडमा नजिकबाट एकपटक भिडन्तसमेत भएको थियो, तर त्यतिखेर अमेरिकी सेना सफल हुन सकेनन् । अमेरिकी राष्ट्रपति बाराक ओबामा प्रशासनले त्यतिखेर वास्तविक सफलता पायो, जतिखेर विन लादेनको निकै विश्वासिलो कुरियरको नाम र ठेगाना पत्ता लगाए । यी अल कायदा प्रमुख बाहिरी विश्वसँग सम्पर्क कायम राख्न यसैमा निर्भर देखिएका थिए ।

क्युबाको ग्वान्तानामो खाडीस्थित अमेरिकाले युद्धबन्दी राखेको कारागारका बन्दीले कुरियरको छद्म नाम सोधपुछका क्रममा खुलासा

गरे । र, त्यहाँ सेप्टेम्बर ११ आक्रमण योजना स्वीकार गरेका खालिद सेख मोहम्मदको संरक्षक रहेको बताए । चार वर्षअघि नै कुरियरको वास्तविक नाम थाहा पाएको अमेरिकी गुप्तचर अधिकारीको भनाइ छ । तर यो कहाँ छ ? यो रहेको क्षेत्रबारे जानकारी लिन थप २ वर्ष र इस्लामावाददेखि १ घन्टा गाडीमा हिँडेपछि पुगिने उक्त अब्बोतावाद कम्पाउन्ड भेटाउन गत अगस्टसम्म पर्खिनुपर्‍यो ।

उनी को हुन सक्छन् ? भनेर केही साता स्याटलाइट फोटो र गुप्तचरी सूचना अमेरिकी गुप्चरसंस्था -सीआईए) का एजेन्टहरूले अध्ययन गरे । सेप्टेम्बरदेखि सीआईएले त्यहाँ विन लादेन आफैं लुकेको हुन सक्ने 'बलियो सम्भावना' सुनिश्चित गरेको एक वरिष्ठ अधिकारीले बताए ।

यो पहाडी क्षेत्रमा एउटा सानो गुफाजस्तो थियो, जहाँ विन लादेन लुकेको शंका धेरैले गर्थे । साथै यो डाँडामा बनाइएको एउटा निवासलाई १२ फिट अग्लो पक्की पर्खालले घेरिएको र काँडेतार लगाइएको थियो । यसको मूल्यांकन करिब १० लाख अमेरिकी डलरको गरिएको छ । टेलिफोन र इन्टरनेट सुविधा छैन । यहाँ बस्नेहरू सुरक्षाप्रति यति सचेत थिए, अन्य छिमेकी जस्तो सडकमा फोहोर फल्दैनथे, यसलाई जलाइदिन्थे । यो कम्पाउन्ड विन लादेन लुकाउने उद्देश्यले २००५ मा निर्माण गरिएको अमेरिकी अधिकारीको अनुमान छ ।

विन लादेन र उनका परिवार लुकेको प्रति अमेरिकी गुप्तचर निकै विश्वस्त हुन र अमेरिकी राष्ट्रपतिले अल कायदा नेताविरुद्ध मिसन सुरु गर्न सूचना पर्याप्त भएको निश्चयपछि पनि थप केही महिना गुप्तचरी गरिरहे ।

पछिल्लो ६ सातासम्म ओबामाले राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको ५ वटा बैठक गरेका थिए । गत शुक्रबार ८.२० मा ओबामाले राष्ट्रिय सुरक्षा सल्लाहकार थोमस डोनिलन, प्रतिआतंकवाद सल्लाहकार जोहन ओ ब्रेनमसहित बरिष्ठ सल्लाहकारसँग ह्वाइट हाउसको कूटनीतिक कक्षमा छलफल गरेका थिए । त्यसपछि उनी आँधी प्रभावित अलबामा क्षेत्रमा गए । तर उनले गुप्तचर कारबाहीका लागि अन्तिम योजना स्वीकृत गनर्ुपथ्र्यो ।

कारबाहीको औपचारिक निर्देशनमा हस्ताक्षरपछि पनि ओबामाले पाकिस्तानीलाई जानकारी गराएनन् । 'त्यहाँ कारबाहीका लागि हामीले अन्य मुलुकसँग सेयर गरेनौं,' एक वरिष्ठ प्रशासकीय अधिकारीले भने । यो कुनै अचम्म भने होइन । लादेन आफ्नो मुलुकमा नभएको पाकिस्तानले बताए पनि अमेरिकाले कहिल्यै विश्वास गरेन । बरु पछिल्लो वर्ष लादेन खोज्न वा मार्न अमेरिकाले पाकिस्तानलाई दबाब दिइरहेको विकिलिक्समा सार्वजनिक अमेरिकी कूटनीतिक दस्तावेजमा भनिएको छ ।

अल कायदा नेता कहाँ छन् ? सेप्टेम्बर २००९ मा इस्लामावादमा अमेरिकी कंग्रेस टोलीले सोधेको प्रश्नमा पाकिस्तानी आन्तरिक मन्त्री रेहमान मलिकले 'कुनै संकेत नभएको' जवाफ दिएका थिए । लादेनले उनका परिवार इरान पठाएकोले आफैं पनि त्यतै लागेको हुन सक्ने मलिकको भनाइ थियो । त्यहाँ नभए उनी साउदी अरब, यमनमा लुकेको वा मृत्यु भइसकेको हुन सक्ने उनले जवाफ दिएको पनि अमेरिकी दस्तावेजमा उल्लेख छ ।

विशेषगरी सीआईएसम्बद्ध रेमन्ड डेभिसले लाहोरको गत जनवारीमा व्यस्त सडकमा दुईजनालाई गोली प्रहार गरेपछि पछिल्लो महिना आपसी शंका बढेको थियो । हेलिकोप्टरबाट अमेरिकी सेना र गुप्तचर टोलीले कारबाही गर्दा केही बेर भिडन्त भएको बाहेक अमेरिकी अधिकारीले पनि थप जानकारी दिएको छैन । घटनामा लादेन र अन्य तीन व्यक्तिको मृत्यु भएको थियो ।

Monday, January 3, 2011

अनमिन फिर्ता हुनुमा भारतको भूमिकाः महरा


दाङ, पुस १९ - माआवादीका नेता कृष्णबहादुर महराले अनमिनलाई छिटो बिदा गर्नुका पछाडि भारतको भूमिका रहेको बताएका छन् । क्रान्तिकारी पत्रकार संघ दाङले सोमबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महराले भारतले आफू सक्रिय हुन अनमिनलाई बिदा गराउने षड्यन्त्रमा लागेको बताए ।

विस्तृत शान्ति सम्झौताको प्रत्यक्षदर्शी भएकाले सेना समायोजन अघि नै उसलाई बिदा गर्दा संवैधानिक जटिलता आउन सक्ने महराले बताएका छन् । उनले अनमिनको टंगो लाग्नु अघि सरकारको टुंगो लाग्ने संभावना कम रहेकाले झनै समस्या आउने बताए ।

महराले कांग्रेस र एमालेले बहुमत पुर्याएर नयाँ सरकार निर्माण गरे माआवादी प्रतिपक्षमा बस्न तयार रहेको बताए । लामो समयसम्म देशलाई सरकार विहिनताको अवस्थामा राख्न नहुने भन्दै महराले निर्वाचन प्रकृया फेरेर आउँदो २५ गते नै संसदबाट नयाँ प्रधानमन्त्रीको टुंगो लगाउनुपर्ने बताए ।