Wednesday, August 8, 2012

महाधिवेशनसम्म एमाओवादीसंग पार्टी एकता हुन सक्छ : विप्लव

साउन, सल्यान । नेकपा-माओवादीका सचिव नेत्रविक्रम चन्द विप्लवले महाधिवेशन सम्म एकीकृत माओवादीसंग पार्टी एकता हुने सक्ने वताउनु भएको छ । क्रान्तिका एजेण्डा स्थापित गर्ने शर्तमा एकीकृत माओवादीसंग पार्टी एकता हुने सक्ने चन्दको भनाई छ ।

नेकपा-माओवादी सल्यानले वुधवार खलंगामा आयोजनामा भएको पत्रकार सम्मेलनमा चन्दले भन्नुभयो-’प्रचण्ड र वावुराम भट्टराई जनयुद्धका एजेण्डा स्थापित गर्नेमा सहमत भए एकता महाधिवेशन गर्न सकिन्छ ।’ नेता चन्दले आफुहरु शान्ति र संविधान निर्माण प्रक्रियालाई पूर्णता दिन काँग्रेस-एमाले लगायतका दलहरुसंग सत्ता साझेदार गर्न तयार रहेको वताउनु भयो ।
उहाँले भन्नुभयो -’संक्रमणकाल अन्त्यका लागि काँग्रेस-एमालेसंग सरकारमा सहभागी हुन तयार छौँ। ‘ चन्दले वर्तमान अवस्थामा संविधानसभाको नयाँ निर्वाचन र पुनःस्थापना हुन नसक्ने भएकाले मुलुकलाक्ष्ई निकास दिन उपयुक्त माध्यम गोलमेच सम्मेलन नै भएको वताउनुभयो ।
एकफरक प्रसंगमा चन्दले प्रधानमन्त्री डा वावुराम भट्टराईले संविधानसभा विघटन गरेर जनतालाई धोका दिएको आरोप लगाउनुभयो । जनताको माग शान्तिपूर्ण तरिकाले पुरा गर्न नदिए सरकार र एकीकृत माओवादीकै कारण आफूहरु निर्णायक जनयुद्धमा जान बाध्य हुने चन्दको भनाई छ ।