
Friday, December 31, 2010
तमलोपा पनि फुट्यो, दुई मन्त्रीसहित ९ सभासद्ले नयाँ दल खोले

Tuesday, December 28, 2010
बालिका बलत्कार गर्ने जेल चलान
गुल्मी, पुस १३ - बालिका बलात्कार गर्ने युवकलाई जिल्ला अदालतले ८ वर्ष कैदको फैसला सुनाएको छ ।
जिल्ला अदालतले सोमबार गरेको फैसला अनुसार धुर्कोट रजस्थल-७ का २५ वषिर्य सुनिल पाण्डेलाई स्थानीय १३ वर्षीया बालिकालाई बलत्कार गरेको अभियोगमा ८ वर्ष कैदको फैसला सुनाएको हो । अदालतले पिडीत बालिकालाई क्षतिपूर्ती बापत पाण्डेले १८ हजार रुपैंया नगद समेत दिलाएको छ ।
अभियुक्त पाण्डे सोमबार नै जेल चलान भएका छन् । पाण्डेले २०६६ चैत २३ गते स्थानीय कालापत्तल जंगलमा बालिका काफल खान गएको मौका पारी बलत्कार गरेका थिए । युवकलाई हदैसम्मको कारबाहीको माग गर्दै बालिका र उनका अभिभावकले बैशाख २३ गते अदालतमा मुद्धा दायर गरेका थिए ।
उपप्रधानमन्त्री गच्छदारलाई कालो झण्डा
नेपाली हैन जापानी
कम्युनिस्टहरुको ध्रुविकरण जरुरीः प्रचण्ड

१३ पौष । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण वामपन्थी शक्तिहरुमा ध्रुवीकरण आवश्यक रहेको बताउनु भएको छ ।माओवादी केन्द्रीय सल्लाहकार हस्तबहादुर केसीद्वारा लिखित माक्सवादी दर्शनको रुपरेखा नामक पुस्तकक मंगलबार विमोचन गर्दै उहाँले भन्नुभयो,’झन्डै दुई तिहाइको संख्यामा रहेका हामी कम्युनिस्टहरुको ध्रुविकरण जरुरी छ ।’
प्रचण्डले दस वर्ष जनयुद्ध लडेको पार्टी माओवादीले नै वाम ध्रुवीकरणको नेतृत्व गर्न पाउनु संसारका लागि अनौठो घटना भएको बताउनुभयो ।
नेपालका वामपन्थी शक्तिहरुलाई फुटाउन देशविदेशका प्रतिक्रियावादी र प्रतिक्रान्तिकारी शक्तिहरु लागेको भन्दै माओवादी अध्यक्ष प्रचण्डले त्यो सपना पूरा हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।
Sunday, December 26, 2010
लडाकुले भने, 'हाम्रो भविश्य सुनिश्चित होस्'
सचिवालयका अधिकारीहरुले आइतवार चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिवरमा करिव ३ घण्टा अन्तरक्रिया गरेको थियो । संयोजक बालानन्द शर्माले रेखदेख, पुनस्थापना तथा समायोजनका लागि बनाएको आचारसंहिता तथा कार्यविधि बारे जानकारी गराएपछि लडाकुहरुले आफ्नो भविश्यको सुनिश्चितता खोजेका हुन् ।
'लडाकुहरुले राजनितिक सहमतिमा हुने समायोजन प्रक्रियालाई सहर्स स्वीकार्ने प्रष्ट पारेका छन्' टोलीमै रहेका सचिवालय सदस्य दीपक भट्टले ईकान्तिपुरसंग भने ।
अन्तरक्रियामा सहभागी २० जना लडाकु कमाण्डरले सेना समायोजन छिटो टुङ्ग्याउन र अझै एक पटकका लागि अनमिनको म्याद थप्न समेत आग्रह गरेका थिए । 'हाम्रो भबिश्य सुनिश्चित हुनेगरी समायोजन गर्नु पर्यो भन्ने बिषयमा कुरा उठायौं' प्रताप स्मृति ब्रिगेडका सह–कमाण्डर 'रमेश' ले भने, 'कसैलाई राम्रो ठाउँमा लैजाने कोही अलपत्र पर्ने खालको अबस्था आउन भएन ।' आफ्नो दक्षता र क्षमता अनुसार समायोजन गर्नुपर्ने कुरा उठाएको उनले बताए ।
सचिवालयकै सदस्य तथा माओवादी सेनाका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनालले पार्टीले तय गरेको धारणा जानकारी गराएका थिएभने संयोजक शर्माले सचिवालयको कार्य क्षेत्र तथा अधिकारका बारेमा पनि स्पष्ट पारेका थिए ।
अन्तरक्रियामा सहभागी अधिकांश लडाकुले प्याकेजमा समायोजन हुनुपर्ने माग राखेपछि सोही बमोजिमको सुझाब र लडाकुको धारणा सरकार र दलहरुलाई जानकारी गराउने टोलीले लडाकुलाई आश्वास्त पारेको थियो ।
'हामीले मुख्य रुपमा समायोजन, पुनस्थापना र ब्यबस्थापन बारेमा प्याकेजमा समाधान गर्न सुझाब दिएका छौं' तेस्रो डिभिजनका प्रबक्ता जनक बिष्टले भने, 'प्याकेजमा गर्नुपर्ने समायोजनका बारेमा समेत टोलीलाई स्पष्ट कुरा राख्यौं ।'
कतिलाई सेनामा, कतिलाई अन्य सुरक्षा अंगमा र सुरक्षा निकायमा जान नचाहनेका लागि के कस्ता व्यवसायिक तालिम दिन सकिन्छ, यी सबै बिषयमा पहिले नै सहमति गरेर प्याकेज योजना दिनपर्ने सुझाब लडाकुको छ । हाल भएका सबै लडाकुलाई चित्त बुझ्ने समायोजनको काम हुनुपर्ने पनि उनीहरुको भनाइ छ ।
शनिबार बेलुका चितवन आइपुगेको टोलीले शिविरको भौतिक पुर्बाधारका बारेमा आइतबार दिनभर निरिक्षण गरेको थियो । 'मुख्यगरि नेपालको शान्ति प्रक्रियाको अनुगमनमा रहेको संयुक्त राष्ट्रसंघिय मिसन (अनमिन) फिर्ता हुने भएपछि लडाकु समायोजन, व्यवस्थापन र पुनस्थापना कार्यमा के कस्तो असर पर्छ भन्ने बारेमा बुझ्न हामी यहाँ आएका हौं' सदस्य भट्टले भने, 'लडाकुहरु बिशेष समितिको नियन्त्रणमा ल्याउन के कस्तो गर्न सकिन्छ, स्वयं लडाकुको धारणा बुझ्न टोली आएको हो ।' अन्तक्रियामा उठेका बिषय सकारात्मक रहेको उनले बताए ।
टोलीका सचिवालयका सदस्यहरु शम्भुराम शिंखडा, गोपाल सिंह बोहोरा, चन्द्रप्रकाश खनाल, कुलप्रसाद केसी, तेजबहादुर वली, षडानन्द कुर्मी, रामानन्द मिश्र, सहायकरथी महेशबिक्रम कार्की, डीआइजी केशबहादुर शाही र डीआइजी सिंहबहादुर श्रेष्ठ आएका थिए । बहालवाल नेपाली सेना र दुई प्रहरीको उच्च अधिकारीहरुसमेत माओवादी लडाकु शिवरमा पुगेको यो पहिलो पटक हो ।
ब्यबस्थापन नभएसम्मका लागि देशभरका सातै शिविरका लडाकुहरुलाई सरकारले रासनपानी, लत्ताकपडा लगायत प्रति लडाकु मासिक ५ हजारका दरले रकम दिंदै आएको छ ।
सहमति उल्लङ्घन भयो : माओवादी

नवयुवा माओवादीको चन्दा आतङ्क
Sunday, September 5, 2010
टेप कहाँबाट आयो ?
के हो भनी सोध्दा सहकर्मी सम्पादक अखिलेश उपाध्यायलाई उनले यतिमात्र भने- सुनेपछि थाहा पाइहाल्छौ ।
कान्तिपुर, काठमान्डु पोस्ट र कान्तिपुर टेलिभिजनका हामी तीनैजना सम्पादक संयोगले त्यहाँ सँगै थियौं । सूचना अरू स्रोतबाट आउन थाले । माओवादी नेता कृष्णबहादुर महराले चिनियाँ भनिएका कसैसँग ५० करोड रुपैयाँ मागेको टेलिफोन टेप रहेछ । तर ती 'चिनियाँ' को हुन् ? कुन-कुन फोन नम्बरमा कुराकानी भएको हो ? त्यो रेकर्ड कसरी भयो ? प्रस्ट थिएन । सोध्नेको चासो यतिमात्र थियो- आजै छाप्न सकिन्छ कि सकिन्न ?
एउटा छिमेकीलाई जोडेर अर्कोबाट आएको अपुष्ट सूचनालाई कसरी पत्याइहाल्ने ? हामीले टेप सुनेर, बुझेर भरपर्दो लागेमात्र छाप्न सक्ने निधो गर्यौं । तर प्रस्तावक यो 'झन्झट' बेहोर्ने पक्षमा थिएनन्, उनी जसरी पनि तत्कालै त्यसलाई सार्वजनिक गर्न चाहन्थे । त्यसैले विकल्पतिर लागे ।
चिनियाँ राजदूतकै रात्रिभोजमा रहेका अन्य केही सम्पादकहरूको पनि फोन बज्यो । केही क्षणपछि त्यो समाचार एउटा टेलिभिजनमा देखियो । अनि दुइटा प्रकाशन गृहले शनिबार त्यसलाई मुखपृष्ठमा प्राथमिकता दिए ।
काठमाडांैस्थित एक दूतावासबाट वितरित त्यो समाचार सत्य हुन पनि सक्छ, नहुन पनि । हामी सञ्चारकर्मीले स्वतन्त्र खोजबिन नगरी त्यसलाई सार्वजनिक गरिहालेको र चौतर्फी प्रतिक्रियासमेत आइसकेकाले सत्यतथ्य पहिल्याउनु अब सायद निकै जटिल हुनेछ ।
प्रधानमन्त्री निर्वाचनमा फोहोरी खेल चलिरहेका बेला माओवादी आर्थिक लेनदेनमा लागेको सूचना आफैंमा नौलो होइन । माओवादीले आफूलाई पाँच करोडको प्रस्ताव राखेको माले महासचिव सीपी मैनालीले भर्खरै खुलासा गरेका छन् र त्यससम्बन्धी विश्वासिलो खण्डनसमेत आएको छैन । यस्तो पृष्ठभूमिमा माओवादीसँग जोडिएर आएको पैसाको चलखेलसम्बन्धी खबरलाई मिडियाले पत्याउनु अस्वाभाविक होइन ।
तर एउटा विदेशी दूतावासले 'चिनियाँ' सँगको कुराकानी भन्दै चुहाएको सूचनाका आधारमा सिंगो चीनलाई जोडेर प्रस्तुत गर्नु कत्तिको परिपक्वता हो ? भोलि अर्को विदेशीले कुनै भारतीयलाई जोडेर टेप दियो भने हौसिएर पूरै भारतलाई तानेर लेख्ने ? संवेदनशील तर अपुष्ट सूचनालाई छानबिनबिनै हामीले सार्वजनिक गर्न थाल्यौं भने तथ्य खोज्ने हाम्रो दायित्व के हुन्छ ? एउटा विदेशीले अर्कोलाई उत्तेजित पार्न खोज्ने र हामी त्यसको सहज माध्यम बनिदिने हो भने नेपाल-भारतको जटिल भूराजनीतिले 'दुई ढुंगे तरुल' लाई कहाँ पुर्याउला ? टेप प्रकरण यी सबै जिज्ञासाका निम्ति एउटा पाठ हो ।
Wednesday, August 18, 2010
बन्दले मुलुकको विभिन्न भाग प्रभावित
आमहड्तालले गर्दा दाङ जिल्लाबाट बाहिरी जिल्लामा जाने र भित्रिने कुनैपनि सवारीका साधन नचलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले जनाएको छ । यसका साथै जिल्लाका मुख्य वजार घोराही, तुलसीपुर, नारायणपुर, लमही र भालुवाङमा पनि बजारहरु खुलेका छैनन् । निर्धारित समयमा संविधान निर्माण गर्नुपर्ने र नयाँ सर्वजातीय सरकार गठन हुनुपर्ने मागसहित एक दिने थारुवान, लिम्वुवान, किराात लगाएतका क्षेत्रमा आमहड्तालको आव्हान गरिएको संघिय लोकतान्त्रिक पार्टीका अध्यक्ष लक्ष्मण थारुले जानकारी दिए ।
चितवनमा पनि बन्दको प्रभाव
संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले आब्हान गरेको बन्दको प्रभाव चितवनमा पनि परेको छ । पार्टीको प्रभाव नरहेपनि हल्लाका भरमा जिल्ला ठप्प भएको छ ।
ठूला तथा साना सवारी साधन चलेका छैनन् । नगर क्षेत्रमा फाट्टफुट मोटरसाईकल र रिक्सा चलेका छन् । मुख्य व्यापारिक नाका नारायणगढ बजार पनि पुरै बन्द रहेको छ । बजारको पसल, कलकारखाना पुरै बन्द रहेको छ । पुर्व-पश्चिम महेन्द्र राजमार्ग सुनसान रहेको छ । नारायणगढकेा लायन्स चौक, शहीद चौक, पुल्चौकमा प्रदर्शनकारी कोई नदेखिए पनि स्वस्र्फत सबै बन्द भएका छन् । नगर भित्र गल्लीमा सामान्य पसलहरु खुलेपनि अन्य सबै बन्द छन् ।
आदिवासी जनजातिको अधिकार सुनिश्चित हुनुपर्ने, सहमतीय सरकार बन्नुपर्ने, गुटबन्दी हटनुपर्ने, सहमतीय सरकार गठन हुनुपर्ने माग गर्दै संघिय लोकतान्त्रिक राष्ट्रिय पार्टीले आज थरुहट, लिम्बुवान, खम्बुवान र ताम्सालिग क्षेत्र बन्दको घोषणा गरेका छन ।
बन्दको अवज्ञा गरेको भन्दैं सङ्घीय लोकतान्त्रिक राष्ट्रिय पार्टीका कार्यकर्ताले बिहान चितवनको नारायणगढस्थित मेनरोडमा एउटा माइक्रोबस तोडफोड गरेका छन् ।
नारायणगढबाट काठमाडौंतर्फ जाँदैं गरेको बा२ख ८६५८ नम्बरको माइक्रोबसमाथि बन्दकर्ताहरूले बिहान १० बजे तोडफोड गरेका हुन् ।
तोडफोडबाट बसमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तोडफोडपछि बन्दकर्ताहरू भागेका थिए ।
बिराटनगरबाट भीम घिमिरेका अनुसार
सर्वजातीय सरकार गठनको माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले गरेको बन्द आह्वानका कारण पूर्वाञ्चलको जनजीवन पनि प्रभावित भएको छ ।
बन्दका कारण पूर्वका सहरहरुमा सवारी आवागमन प्रभावित भएको छ । विराटनगर र राजविराजबाट छिटफुट यातायातका साधन चलेपनि अन्यत्र सवारी आवागमन ठप्प रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ । मेची अञ्चलमा यातायात चल्न सकेको छैन भने कोशी र सगरमाथा अञ्चलका केही ठाउँमा सवारी साधन गुडेको प्रहरीको भनाई छ । पार्टीले थारुहट, ताम्सालिङ, लिम्बुवान र खम्बुवान क्षेत्र बन्द आह्वान गरेको हो ।
पूर्व पनि प्रभावित
धनकुटा- वर्तमान राजनीतिक गतिरोध अन्त्यका लागि सर्वजातीय राष्ट्रिय सरकार गठनको माग गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय पार्टीले आज आव्हान गरेको बन्दका कारण धनकुटाको जनजीवन प्रभावित भएको छ ।
लक्ष्मण थारु नेतृत्वको उक्त पार्टीले आव्हान गरेको बन्दले बिहानैदेखि धनकुटा सदरमुकाम लगायत हिले, सिधुवा, पाखि्रबास तथा भेडेटार-राजारानी सडकमा सवारी साधन ठप्प रहेको छ । मोटरसाईकल, एम्बुलेन्स, प्रेस, दुध बोक्ने गाडी मात्र सञ्चालनमा आएको प्रहरीले जनाएको छ । बन्दको असर यातायात क्षेत्रमा मात्र मुख्य परेको छ भने बजार पसल, विद्यालय खुलेका छन् ।
थारुहट, लिम्बुवान, ताम्सालिड, खम्बुवान प्रदेशहरु अन्तरगतका जिल्लाहरु बन्द गरेको केन्द्रीय सदस्य छिवाहाङ राईले जानकारी दिनुभयो । बन्दका कारण धनकुटा सदरमुकाम तथा मुख्य बजारहरुमा सयौं यात्रु अलपत्र परेका छन् ।
Monday, August 16, 2010
खनालले समय दिएनन् : काँग्रेस नेता
सोमबार दिउसो ३ बजे एमाले संसदीय दलको कार्यालयमा काँग्रेस र एमाले शीर्ष नेताहरुबीच बैठक बस्ने तय भएको थियो । 'हाम्रा सबै नेताहरु तयार भएर काँग्रेस संसदीय दलमा तयार भएर बसेका थियौं' काँग्रेस प्रबक्ता अर्जुननरसिंह केसीले भने, 'तर, अन्तिम् अबस्थामा आएर एक्कासी बैठक स्थगित गरियो ।'
केसीका अनुसार एमाले अध्यक्ष खनालले कार्यव्यस्तताका कारण अन्य नेताहरुलाई खवर गर्न नपाएकाले बैठक स्थागित गर्न आग्रह गरेका थिए । काँग्रेस नेताहरुले खनालले अन्तिम अबस्थामा आएर बैठक स्थगित गरेकोमा नमिठो महसुस भएको बताएका छन् ।
यसअघि बिहान काँग्रेस कार्यबाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता रामचन्द्र पौडेललगायतका प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटेर प्रधानमन्त्रीमा पौडेललाई सघाउन आग्रह गरेका थिए ।
प्रधानमन्त्री नेपालले राष्ट्रिय सहमतिको कुरा गरेपछि काँग्रेस नेताहरुसंग चर्काचर्की भएको स्रोतको दावी छ । 'हामीले माओवादीलाई भोट हालेपनि हाल्नोस् तर अनिर्णयको बन्दी नबनाउनुस् भन्यौ' बैठकमा सहभागी भए काँग्रेस नेताले भने ।
चौथों चरण सम्ममा पनि प्रधानमन्त्री चुनिन नसकेपछि माओवादी र काँग्रेस दुवैले एमालेलाई आफ्नो पक्षमा ल्याउन कोशिस गरिरहेको छ । तर, एमालेले भने राष्ट्रिय सहमतिले मात्र शान्ति र संविधानलाई टङु्गोमा पुर्याउन सक्ने उल्लेख गर्दै दुवै दललाई प्रधानमन्त्रीको उम्मेदवार फिर्ता लिएर सहमति निर्माणमा लाग्न आग्रह गरिरहेको छ ।
सभासद् यादवको राजधानीमा श्रद्धान्जली
सभासद् यादवको शवमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएर श्रद्धान्जली अर्पण गरेका थिए । यस्तै प्रधानमन्त्र माधवकुमार नेपाल, गृहमन्त्री भीम रावललगायत मन्त्री तथा सभासदहरुले यादवप्रति श्रद्धान्जली अर्पण गरे । ग्यास सिलिन्डर चुहिएर आगो लाग्दा जलेकी यादवलाई उपचारका लागि गत शनिबार एयर एम्बुलेन्सबाट दिल्ली लगिएको थियो । उनको शनिबार साँझै उपचारका क्रममा मृत्यु भएको हो ।
माओवादी मधेस ब्युरोका अनुसार यादवको पार्थिव शरीरलाई मंगलबार उनकै कर्मथलो धनुषाको बरमझियामा मिथिला समुदायको उपस्थितिमा अन्त्येष्टि गरिनेछ ।
आत्महत्या गरेका झापा विद्रोहका नेताका छोराले पनि आत्महत्या गरे
झापाको दुवागढी- ५ स्थित आफ्नै घर नजिकै आइतबार दिउँसो शम्भूले आत्महत्या गरेका हुन् । शम्भूले माओवादी जनसेना भएर काम गरेका थिए ।
राजवंशीका दुई छोरामध्ये शम्भु कान्छा हुन् । जेठा छोरा ऋषिराज रोजगारीका सिलसिलामा साउदीमा छन् । आठ कठ्ठा जग्गा बेचेर उनी विदेशिएका हुन् । राजवंशीको परिवार दुहागढी-५ स्थित बस्दै आएका थिए । शम्भुकी आमा प्रमिला स्थानीय बजारमा प्याजी बेचेर आएको दुई चार रुपैयाँले घर खर्च टार्छिन् । आमा प्रमिलाले आफू बजार गएको बेला छोरा झुण्डिएको बताइन् ।
शम्भूलाई जागिर लगाउन नसकेको भन्दै चिन्तित डिगेन्द्रले गत भदौ ३ गते एमाले मुख्यालय बल्खुमा आत्महत्या गरेका थिए ।
डिगेन्द ०२८ सालमा नेकपा मालेबाट राजनीतिमा होमिएका थिए । ०३३ मा झापा आन्दोलन हुँदा सीपी मैनाली, आरके मैनालीका सहयात्री थिए । तत्कालीन मालेका नेताहरूलाई सेल्टर दिएर सघाएको आरोपमा राज्यविरुद्धको अभियोगमा उनलाई ९ वर्ष जेल चलान गरिएको थियो । ०४६ बाट उनी एमाले कार्यकर्ता भएका थिए ।
दाहालले राष्ट्रिय सहमतिको आहृवान गर्दै खनाललाई तीन बुँदे पत्र पठाए

माओवादी अध्यक्ष पुष्कमल दाहालले राष्ट्रिय सहमतिको आहृवान गर्दै एमाले अध्यक्ष झलनाथ खनाललाई तीने बुँदे पत्र पठाएका छन् ।
सोमबार माओवादी मुख्यालय पेरिसडाँडमा बसेको पदाधिकारी बैठकले सहमतीको लागि आब्हान गर्दै पत्र पठाउने निर्णय गरेको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
पत्रमा सहमतिको वातावरण बने उम्मेदवारी फिर्ता लिन तयार रहेको उल्लेख गरिएको उनले बताए । साथै माओवादी ठूलो पार्टी भएकाले उसकै नेतृत्वमा राष्ट्रिय सरकार गठन हुनु पर्ने उनको जिकीर थियो । पत्रमा शान्ति र संविधान निर्माण प्रक्रिया सफल पार्न विश्वसनीय वातावरण निर्माण भएमा उम्मेदवारी फिर्ता लिने उल्लेख गरिएको छ ।
राष्ट्रिय सहमतीका आधार नामक पत्रमा भनिएको छ 'हाम्रो पार्टीले सहमतीय आधारमा राष्ट्रिय संयुक्त सरकार गठन गर्न, त्यसका लागि सबै राजनीतिक दलसँग छलफल तयार छौं ।'
बैठकले सभासद रामकुमारी यादवको शोक प्रस्ताव पारित गरेको छ । स्वर्गीय यादवको उपचारका क्रममा नया दिल्लीमा मृत्यु भएको थियो । साथै सभासद रामकुमार शर्मालाई भारतीय राजदूतावासका कर्मचारीले धम्क्याएको सम्बन्धमा मंगलवार दूतावासमा विरोध ज्ञापन पत्र बुझाउने समेत निर्णय गरेको छ ।
Thursday, July 15, 2010
सुजाता बैठक छाडेर बाहिरिइन्, नेतृत्व निर्णयविहीन
कसले नेतृत्व गर्ने भन्ने विषयको विवाद टुङ्ग्याउँन कार्यबाहक सभापति कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, प्रकाशमान सिंह, कुलबहादुर गुरुङ लगायतका नेताहरुको बिहानैदेखिको छलफल नटुंगिएपछि कोइराला आक्रोशित भएर बाहिरिएकी हुन्। अन्य केन्द्रीय सदस्यहरुले पनि आधा घन्टामा पदाधीकारी विवाद नटुंगिने हो भने वैठक बहिस्कार गर्ने चेतावनी दिएका छन्।
कङ्ग्रेस संसदीय दलको नेता रामचन्द्र पौडेलले आगामी सरकारको नेतृत्व गर्ने कार्यवाहक सभापति सुशील कोइरालाले प्रस्ताव गरेलगत्तै हिजोको वैठकमा सुजाताले विरोध जनाएकी थिइन्। सरकार नेतृत्वबारे सुरुमै मतभेद देखिएपछि आज बिहान ११ बजे बस्ने भनिएको केन्द्रीय समितिको वैठक अपरान्हसम्म पनि बस्न सकेको छैन्।
पदाधीकारी वैठकपछिमात्रै कङ्ग्रेस केन्द्रीय समितिको वैठकले सरकारमा जाने या नजाने निर्णय लिने छ। सरकारमा जाने भए कसको नेतृत्व रहने हो त्यसको पनि छिनोफानो गर्न वैठक बोलाइएको हो।
क्रान्ति जारी रहने: भट्टराई
घ्याल्चोक गाविसमा आयोजित भेटघाटमा उनले अत्यधिक बहुमत हासिल गर्दागर्दै पनि प्रतिक्रान्तिकारीले अगाडि बढ्न नदिएको आरोप लगाए।
'जनताले चाहेअनुसार ठूलो शक्ति भएको कारणबाट एकीकृत नेकपा (माओवादी)को नेतृत्वमा सरकार बन्नुपर्ने हुन्छ, जनताको चाहना पनि त्यही हो', उनले भने।
उनले आजै गोरखाको घ्याल्चोकमा रहेको सहित स्मृति तरकारी उपभोक्ता सहकारी सङ्घ र लोकहरि सहकारी उपभोक्ता संस्था र वडहरे लिफ्ट इरिगेसनको समेत अवलोकन गर्नुभयो।
सरकारको नेतृत्वबारे कांग्रेसमा मतभेद
संसदीय दलका नेता रामचन्द्र पौडेलले सरकारको नेतृत्व गर्ने प्रस्तावमा केन्द्रीय सदस्यले विमति जनाएपछि बैठक बिहीबारसम्म स्थगित गरिएको छ।
बैठकमा कोइरालाले प्रस्ताव छलफलमा ल्याउनेबित्तिकै केन्द्रीय सदस्य गोविन्दराज जोशी र सुजाता कोइरालाले सरकार गठनको औचित्यमै प्रश्न उठाए। जोशीले सरकारमा जानुपर्ने कारण नीतिगत रुपमा स्पष्ट गर्न माग गरे भने सुजाताले हतारिएर सरकारको नेतृत्व लिन नहुने धारणा राखिन्।
‘बहुमतीय सरकारको नेतृत्व लिनेबारे दसचोटि सोच्नुपर्छ,' बैठकपछि सुजाताले संवाददातासँग भनिन्, ‘माओवादीलाई पन्छाएर संविधान बन्दैन।'
माओवादीसँग आफ्ना अडान यथावत राख्दै सम्पर्क बढाउनुपर्ने उनको भनाइ थियो। ‘मलाई कांग्रेसबाट को प्रधानमन्त्री हुन्छ भन्ने सरोकार छैन,' उनले भनिन्, ‘कांग्रेस नेतृत्वको सरकारबाट संविधान लेखिन्छ कि लेखिँदैन भन्ने मात्र हो।'
कार्यवाहक सभापति कोइराला र पौडेल कांग्रेस नेतृत्वको सरकार गठनको गृहकार्यमा जुटिरहेका बेला नेतृत्व लिने या नलिने सैद्धान्तिक निर्णय गर्नुपर्ने चुनौतीपूर्ण अवस्था आएको छ।
‘पार्टी सरकारमा सहभागी हुने कि नहुने सैद्धान्तिक बहस सुरु भएको छ,' पार्टी प्रवक्ता अर्जुननरसिंह केसीले संवाददातासँग भने, ‘पार्टीले सरकार निर्माणको नेतृत्व लिने कि नलिने टुंगो लागेपछि मात्र व्यक्तिको टुंगो लाग्छ।' सहमति हुन नसके पार्टी र संसदीय दलको विधानअनुसार निर्णय लिने उनले बताए।
एक महिनायता कांग्रेसमा सरकारको नेतृत्व कसले लिने भन्ने विवाद चलिरहेको छ। कार्यवाहक सभापति कोइरालाले संसदीय दलका नेता रामचन्द्र पौडेलको पक्षमा लबिङ गर्दै आएका छन् भने बरिष्ठ नेता शेरबहादुर देउवा र महामन्त्री कुलबहादुर गुरूङले समेत नेतृत्वको दाबी गरिरहेका छन्। पौडेलविरुद्ध देउवा र गुरूङको सहकार्य कायम छ।
केन्द्रीय समिति र संसदीय दलमा पौडेलको पकड छ भने कांग्रेसको अर्को निर्णायक निकाय संसदीय बोर्डमा देउवा र गुरूङको गठबन्धन बहुमतमा छ। बुधबार केन्द्रीय समिति बैठक क्रममा देउवा र गुरूङबीच पटकपटक देउवा कार्यकक्षमा भेटवार्ता गरेका थिए।
पौडेलको नाम प्रधानमन्त्रीमा प्रस्ताव गर्ने गृहकार्य बुधबार बिहानमात्र भएको स्रोतले जनाएको छ। कोइराला निवास महाराजगन्जमा सुशील, पौडेल र नजिकका केही नेताले केन्द्रीय समितिमा प्रस्ताव राख्ने रणनीति बनाएका थिए।
‘कांग्रेस नेतृत्व सरकारको मुद्दा बेमौसमको बाजा जस्तै भयो,' उपसभापति गोपालमान श्रेष्ठले भने, ‘बल्ल सरकारमा जाने कि नजाने भन्ने आधिकारिक छलफल सुरु भएको छ।'
पालैपालो नेतृत्व: बास्तोला
केन्द्रीय समितिमा सुरु भएको छलफलबाट कांग्रेसको नेतृत्वका सरकार नबन्ने अवस्था बनेको केन्द्रीय सदस्य चक्रप्रसाद बास्तोलाले बताए। ‘आजको बैठकका आधारमा भन्ने हो भने कांग्रेसको सरकार बन्दैन,' बास्तोलाले नागरिकसँग भने, ‘म अर्को बैठकमा सरकार निर्माणको चक्रीय अवधारणा राख्छु।'
माओवादी, कांग्रेस र एमालेले मिलेर सरकार बनाउनुपर्ने र पालैपालो नेतृत्व लिने उनको अवधारणामा छ।
‘यसरी सरकार बन्यो भने ४ सय ६० सभासद्को समर्थन हुन्छ,' बास्तोलाले भने, ‘दुई तिहाइको त्यस्तो सरकार दिगो पनि हुन्छ।'
अपहरणकारी सार्वजनिक
Wednesday, July 14, 2010
‘कांग्रेस नेतृत्वको बहुमतीय सरकारमा एमाले सहभागि हुँदैन’

राजधानीमा बुधबार आयोजित साक्षत्कार कार्यक्रममा नेता आचार्यले भन्नुभयो, ‘हामी सहमतिको सरकारको पक्षमा रहेका छौं । सहमतिका लागि आफ्नै नेतृत्वको बहुमतीय सरकार छाडेका हौं । अब बहुमतीय सरकारको मुलुकमा कुनै औचित्य छैन ।’
कांग्रेसको नेतृत्वमा बहुमतीय सरकार बनेपनि एमाले सहभागि नहुने उहाँको भनाई थियो ।
यद्यपि उहाँले सहमतिको सरकार बन्ने अवस्थामा नेपाली कांग्रेसको नेतृत्व एमालेलाई स्विकार्य हुने बताउनुभएको थियो ।
यथास्थितिमा माओवादीको नेतृत्वमा र मधेसवादी दलहरुको नेतृत्वमा सरकार बन्ने सम्भावना नरहेको स्पष्ट पार्दै आचार्यले सहमतिको सरकार निर्माण गर्न जसले महत्वपूर्ण भूमिका खेल्न सक्छ उसैको नेतृत्वलाई एमालेले स्विकार गर्ने बताउनुभयो ।
नेतृत्व गर्ने जिम्मेवारी एमालेको काँधमा आए त्यसलाई एमालेले स्विकार गर्ने स्पष्ट पार्दै एमालेभित्र नेतृत्वको कुनै विवाद नरहेको उहाँको भनाई थियो ।
नेता आचार्यले भन्नुभयो, ‘पार्टी अध्यक्षको नाताले झलनाथ खनाल नै सहमतिको सरकारको प्रधानमन्त्री बन्नु हुन्छ ।’ बुहमतीय पद्दतीमा पनि सहमतिको संभावना कायम रहेको उल्लेख गर्दै आर्चायले त्यसकोलाग्ाी एमालेले आन्तरिक रुपमा छलफललाई तिब्र पारिरहेको उहाँको भनाई थियो ।
प्रचण्डको विकल्पमा भट्टराईः राम कार्की

राजधानीमा बुधबार आयोजित साक्षत्कार कार्यक्रममा माओवादी पोलिटब्यूरो सदस्य राम कार्कीले त्यस्तो खुलासा गर्नुभएको हो ।
नेता कार्कीले भन्नुभयो, ‘सहमतिको सरकारकालागि अन्य दलले नपत्याएको अवस्थामा पत्याउने नेतालाई अगाडि सार्नु पर्छ । हाम्रो पार्टीले पनि त्यही गर्न लागेको हो ।’
उहाँले अन्य दलले समेत भट्टराईको नाममा जोड दिएकोले सहमतिको लागि माओवादी प्रचण्डको विकल्प दिन तयार भएको जानकारी दिनुभयो ।
नेता कार्कीले भन्नुभयो, ‘एक दुई दिनमै पार्टीको स्थायी समिति वा पोलिटब्यूरोको बैठक बसेर डा. भट्टराईलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडि सार्दै छौं । सहमति हुन नसकोको अवस्थामा कम्तिमा दुई तिहाई बहुमतको सरकार निर्माण गर्ने विषयमा पनि सोही बैठकले पार्टीको पुरानो धारणालाई परिवर्तन गर्ने छ ।’
कांग्रेस, एमाले र मधेसवादी दलले समेत भट्टराईको नाममा सहमति बन्न सक्छ भनेर सार्वजनिक अभिब्यक्ति दिईरहेको अवस्थामा भट्टराईको नाम पार्टीले अगाडि सारे ती दलहरु नैतिक दवावमा पर्ने समेत उहाँको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘कांग्रेसको नेतृत्वमा कुनै हालतमा हामी सरकार बन्न दिंदैनांै ।’
उहाँले जनयुद्धकालमा समानान्तर सरकारको सफल सञ्चालन गरिसकेको र अर्थमन्त्रालय समेत उदाहरणीय ढंगले सञ्चालन गरेकोले भट्टराईमाथि जनताको अपेक्षा बढी रहेको समेत बताउनुभयो ।नेता कार्कीले बहुमतीय सरकारले शान्ति र संविधान निर्माण गर्नु पर्ने जिम्मेवारी पुरा गर्न नसक्ने बताउँदै कुनै पनि खाले बहुमतीय सरकारमा माओवादी सहभागी नहुने समेत सो अवसरमा स्पष्ट पार्नुभएको थियो ।
भारतीय नक्सलबादी माओवादी सँगको सम्बन्धको बारेमा राखेको जिज्ञासामा कार्कीले भन्नुभयो, ‘भारतीय माओवादीसँग अहिले हाम्रो सैद्धान्तिक सम्बन्ध छ । पहिले कार्यगत सम्बन्धै थियो । हामीले भारतीय संस्थापन पक्षले मुक्तीका लागी लडेका जनतामाथि दमन गरेकोले हामीले भारतको विरोध गरेका हौं ।’
इनार सफा गर्न गएका दुईको मृत्यु
उनीहरुको शव इनारभित्रै छ। मृतकको परिचय खुल्न नसकेको नागरिकन्युजकर्मी केपी ढुङ्गानाले जनाएका छन्।
एमालेको रणनीति हेरेर मात्र निर्णय: काँग्रेस
बुधबार पार्टी कार्यालयमा बसेका बैठकपछि प्रबक्ता अर्जुननरसिंह केसीले एमालेको रणनीति के हुन्छ भन्ने हेरेर मात्र निर्णय गर्नुपर्ने कुरा उठेकाले निर्णयमा नपुगिएको उल्लेख गरे ।
बैठकमा धेरै जसो समय महाधिवेशनको तयारीमा छलफल भएको र सरकार गठनका सम्बन्धमा विषय प्रवेश मात्र भएको पनि उनले बताए ।
'भोली पनि सरकार गठन र प्रधानमन्त्रीको उम्मेदवारको बारेमा छलफल हुनेछ' केसीले संवाददाताहरुसंग भने, 'पर्सीसम्ममा हामी ठौस निर्णयमा पुग्छौं ।' काँग्रेसको बैठक बिहीबार ११ बजे फेरी बस्दैछ ।
काँग्रेसमा संसदीय दलका नेता रामचन्द्र पौडेल, नेता शेरबहादुर देउवा र महामन्त्री कुलबहादुर गुरुङ प्रधानमन्त्रीको उम्मेदवार बन्ने दौडमा छन् । आफैभित्रको विवादका कारण काँग्रेसको निर्णय आउन ढिलाई भएको बताइन थालेको छ ।
माओवादीलाई पाखा नपारः सुजाता
बुधबार केन्द्रिय समितिको बैठकपछि संवाददाताहरुसंग उनले माओवादीसंग दुरी बढाएर जाँदा समस्याको समाधान हुन नसक्ने उल्लेख गरिन् ।
'काँग्रेसले आफ्नो नेतृत्वको बहुमतीय सरकारको तयारी गर्दा पहिला शान्ति प्रकृया र संविधान निर्माणको कार्य अघि बढ्न सक्छ की सक्दैन भन्ने कुराको मुल्यांकन गरिनुपर्छ' उनले भनिन् ।
काँग्रेसले भने माओवादीले लडाकुको समायोजन तथा पुनस्थापनाका लागि ल्याएको प्रस्तावलाई अस्वीकार गर्दै बृहत शान्ति सम्झौताको कार्यन्वयन अघि माओवादीले सरकारको नेतृत्व गर्न नसक्ने भन्दै आफ्नो नेतृत्वमा बहुमतको सरकार बनाउन अभियान थाली सकेको छ ।
बामदेवले भने, 'झलनाथ जी प्रधानमन्त्री'
एमाले अध्यक्ष झलनाथ खनालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्ने सोही पार्टी उपाध्यक्ष वामदेव गौतमले बताएका छन् ।माओवादीसंग आफनै सेना रहेकाले काँग्रेस र एमालेले नेतृत्व दिन नसक्ने भनिसकेका अवस्थामा नेता गौतमले माओवादीले पनि अन्त्यमा आएर खनाललाई प्रधानमन्त्रीको लागि समर्थन गर्ने बिश्वास व्यक्त गरे ।
धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी बिनाको सरकारले शान्ति र संबिधान निमार्ण गर्न नसक्नेसमते बताए ।
'काँग्रेसलाई नेतृत्व दिंदा माओवादी फेरी बाहिर नै पर्ने भएकाले अध्यक्ष खनाल नै प्रधानमन्त्री सर्वस्वीकार्य ब्यक्ति हुन' उनले भने, 'बहुमतीय सरकार मात्रै वन्नु मुलकको लागि दुर्भाग्य हुने छ ।'
Tuesday, July 13, 2010
तीन महिनादेखि बन्धनमा
ऐँसेलुखर्क खोटाङकी ३५ वषर्ीया चन्द्रमाया निरौलालाई तीन महिनादेखि दाम्लोले बाँधेर राखिएको छ । १५ वर्षदेखि मानसिक सन्तुलन गुमाएकी चन्द्रमाया पछिल्लो समयमा आक्रामक बन्दै गएपछि बाँधेर राख्नुपरेको उनकी आमा दीर्घमाया लामिछानेले बताएकी छिन् ।'घरकालाई मात्र होइन, गाउँलेलाई समेत जे पायो त्यहीले झटारो हान्ने गरेकाले बाँधेर राख्न बाध्य छु,' दीर्घमायाले भनिन्, 'छोरीको उपचारमा थुप्रै पैसा सकियो, तर निको भएन, अहिले यस्तो अवस्था आयो ।' तीन महिनाअघिदेखि छोरीलाई नबाँधी नहुने अवस्था आएको भन्दै दीर्घमायाले भनिन्, 'छोरीलाई दुवै हात बाँधेर राख्नुपर्दा साह्रै दुःख लागेको छ । छोरीको माया कुन आमाबाबुलाई नलाग्ला र ? तर के गर्ने, ज्यान जोगाउनै गाह्रो भयो । जे भेट्छे, त्यसैले आइलाग्छे ।'
६ सन्तानकी आमा चन्द्रमायाको उपचारमा आमा दीर्घम्ाायाले ३१ हजार रुपैयाँ खर्च गरिन् । 'धामीझाँक्री लगाउँदैमा ३१ हजार रुपैयाँ सकियो, तर रोग बीसको उन्नाइस भएन, दीर्घमायाले भनिन्, 'हात नबाँधे आफूले लगाएको लुगासमेत च्यातच्युत पार्छे । उसकै लाज ढाक्न पनि हात बाँधेर राख्न बाध्य छौँ ।' आर्थिक अभावमा छोरीको उपचार गर्न सहरका अस्पतालमा भने लैजान नसकेको उनले बताइन् । 'गाउँघरमै उपचार गरेर भएको पैसा सकियो, सहर लैजान कसरी सकिन्छ र ?' उनले दुःख पोखिन् ।
तीन छोरा र तीन छोरीकी आमा चन्द्रमाया निरौलाको उपचारमा उनका श्रीमान्ले समेत सकेको उपचार गरेका थिए । तर, रोग निको भएन । खोटाङ ऐँसेलुखर्क बिहे गरेर गएकी चन्द्रमाया अहिले माइती पावै, सोलुखुम्बुमै बस्दै आएकी छिन् । मानसिक सन्तुलन गुमाएकी चन्द्रमाया गर्भवती रहेको आमा दीर्घमायाले बताइन् ।
भानुको सम्झनामा
भानुभक्तलाई प्रेरणा दिने घाँसीको सम्झनामा निर्माण गरिएको तनहुँको घाँसीकुवा-५ स्थित पार्कमा भानुभक्त र घाँसीको सालिकमा मंगलवार अविर दलेर खेल्दै वालवालिका । भानु-घाँसी स्मारक पार्क व्यवस्थापन समितिले मंगलवार १ सय ९७ औं जन्मजयन्ती मनायो ।
भानु जयन्तीका अवसरमा राजधानीका विद्यार्थीले निकालेको र्याली। तस्बिर:विजय गजमेर
२२ दलद्वारा प्रमुख तीन दल विरुद्ध खेद प्रस्ताव पारित
बैठकपछि जनशक्ति पार्टीका नेता प्रकासचन्द्र लोहनीले प्रमुख तीन दलको सत्ता लुछाचुडीका कारण शान्ति र संविधान अलपत्र परेको बताए ।
ति दलले संविधानसभाबाटै नयाँ सरकार बनाउन प्रमुख तीन दललाई दवाव दिने भएका छन् । सहमतिमै राष्ट्रिय सरकार निर्माण गर्न उनीहरुले प्रमुख दललाई दवाव दिने भएका छन् ।
Monday, July 12, 2010
सामुदायिक वनमा फलफुल र जडिबुटीका विरुवा रोप्दै
१ सय १० अर्बको आंशिक बजेट प्रस्तुत (बजेट भाषणको पूर्णपाठ)
उनले सोमबार संसदको बैठकमा कुल बजेटको एक तिहाइ बराबरको बजेट प्रस्तुत गरेका हुन् । बजेटसाथै संञ्चित कोषको रकम झिक्ने र खर्च गर्ने विद्येयक पनि पेश गरिएको छ ।
प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिइसकेको तर नयाँ सरकार बन्न नकसेको अबस्थामा काम चलाउ सरकारका अर्थ मन्त्रीको हैसियतले काम चलाउन बजेट ल्याएका हुन् ।
बिशेष गरेर भइरहेका कामहरुलाई निरन्तरता र प्रशासनलाई सुचारु गर्न तलव भत्तालगायत नरोकियोस् भनेर यस प्रकारको बजेट ल्याएका हुन् । यस बजेटले राजस्व दरमा वा विकास नया“ परियोजनाहरुमा कुनै किसिमको प्रभाव पार्ने छैन । यसैबीच बैठकले आवश्यक सेवा कार्यहरुको संचित कोषको रकम झिक्ने र खर्च व्यवस्था गर्ने बिधेयक सर्वसम्मतिले पारित गरेको छ ।
राजनीतिक संकीर्णताका बाधक
अर्थमन्त्री सुरेन्द्र पाण्डेले राजनीतिक संकीर्णताका कारण अपेक्षित आर्थिक बृद्धिदर हासिल गर्न नसकेको उल्लेख गरेका छन् ।
संसदमा अंशिक बजेट प्रस्तुत गर्दै पाण्डेले ५.५ प्रतिशतको बृद्धिदर अपेक्षा गरिएकोमा जम्मा ३.५ प्रतिशत मात्र हुनसकेको उल्लेख गरेका छन् ।
उनले संविधानसभाको निर्वाचन पछिको तीन वटै बजेट समयमा प्रस्तुत हुने र पारित गर्ने काम हुन नसक्दा जनताको विकासको अपेक्षा पुरा हुन नसकेकोसमेत उनले उल्लेख गरे ।
'राजनीतिक किचलोले जनताको विकासप्रतिको अपेक्षा पुरा गर्न सकेनौं' उनले भने, 'हामी पार्टीगत संकिर्णता भन्दा माथि उठ्न सकेका छैनौं ।'
संविधानसभाको निर्वाचनपछि शान्ति र राजनीतिक स्थिरता तथा विकासका अपेक्षा पुरा हुने अपेक्षा राखेकोमा राजनीतिक खिचातानीकै कारण पुरा हुन नसकेको उनले उल्लेख गरे ।
Sunday, July 11, 2010
राष्ट्रपतिले सहमतिका लागि दिएको पाँच दिने सीमा आज सकिँदै
माधव ढुङ्गेल, काठमाडौं, असार २८- राष्ट्रपति रामवरण यादवले राष्ट्रिय सरकार गठनका लागि दलहरूलाई दिएको थप पाँच दिनको समयसीमा सोमबार साँझ सकिँदै छ। तर नयाँ सरकार चयन थप अनिश्चित बन्दै छ। एकले अर्काको नेतृत्व नस्वीकार्दा दलहरू तत्काल राष्ट्रिय मात्र होइन, बहुमतीय सरकारसमेत बनाउन सक्ने हालतमा छैनन्।
‘सहमतिको सम्भावना क्षीण हुँदै छ, बहुमतीय सरकारको पनि तस्बिर प्रस्ट छैन,' एमाले नेता प्रदीप ज्ञवालीले नागरिकसँग भने।
राष्ट्रपति यादवले राष्ट्रिय सरकार गठनका लागि दलहरूलाई दिएको सातादिने म्याद बुधबार सकिएपछि २५ दलको आग्रहमा पाँच दिन थपेका थिए।
‘अब फेरि कुन मुख लिएर राष्ट्रपतिसमक्ष म्याद थपको अनुरोध गर्ने?,' कांग्रेस प्रमुख सचेतक लक्ष्मण घिमिरेले भने, ‘फेरि म्याद थपको माग गर्नु उचित हुन्न।'
एकीकृत माओवादीका मुख्य सचेतक पोष्टबहादुर बोगटीले पनि फेरि म्याद थप्नु राम्रो नहुने बताए। एमाले सचेतक भीम आचार्यले बहुमतीय प्रणालीबाटै भए पनि सहमतिमा प्रधानमन्त्री चयन गरी सबै पार्टीको सहमतिको सरकार बनाउन प्रयत्न गरिने बताए।
एकीकृत माओवादी, कांग्रेस र एमाले तीन दलको सोमबार दिउँसो बस्ने बैठकले औपचारिक रूपमा राष्ट्रपतिसमक्ष म्याद थप्न आग्रह नगर्ने निर्णय गर्नेछ। त्यसपछि प्रधानमन्त्री चयन गर्ने जिम्मा संसद्का सभामुख सुवासचन्द्र नेम्वाङसमक्ष पुग्नेछ।
दलहरूले म्याद थप्ने निर्णय नगरे मंगलबार राष्ट्रपति रामवरण यादवले अन्तरिम संविधानको धारा ३८ (२) अनुसार, ‘सहमति कायम हुन नसकेमा व्यवस्थापिका-संसद्को तत्काल कायम सम्पूर्ण सदस्य संख्याको बहुमतका आधारमा प्रधानमन्त्री र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्न' सभामुख सुवासचन्द्र नेम्वाङको नाममा पत्र पठाउनेछन्। मंगलबार दिउँसै सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्ने र त्यसै दिनदेखि बहुमतका आधारमा सरकार गठनको प्रक्रिया सुरु हुने कांग्रेस प्रमुख सचेतक घिमिरेले नागरिकलाई जानकारी दिए। घिमिरेले असार ३१ वा ३२ गते नै संसद्मा प्रधानमन्त्रीको चुनावको कार्यक्रम राखिने सम्भावना व्यक्त गरे।
राष्ट्रपतिले दिएको समयावधिभित्र तीन प्रमुख दल माओवादी, कांग्रेस, एमाले र मधेसी दलका शीर्षनेता आफ्नो नेतृत्वमा राष्ट्रिय सरकारको पहल गरेका थिए। यसबीच भएका वार्तामा ठूला तीन दलले आफ्नो नेतृत्वको सरकारबाहेक बन्न नसक्ने अडान राखेपछि सहमतीय त के, बहुमतीय सरकार चयन हुने सम्भावना पनि क्षीण हुँदै गएको छ। घिमिरेले भने, ‘राष्ट्रिय सहमति त परै जाओस्, बहुमतीय प्रणालीबाट प्रधानमन्त्री चयनमा जान नसक्ने स्थिति छ।'
तीन प्रमुख दलमध्ये एकले अर्को दललाई प्रधानमन्त्रीका लागि लेखेर दिएमा सरकार बन्ने अवस्था छ। ‘अब हामीले एमालेलाई प्रधानमन्त्रीमा समर्थन गर्ने कुरा आउँदैन,' घिमिरेले कांग्रेसको धारणा राखे, ‘एमालेले कांग्रेसलाई समर्थन गरेको छैन।' माओवादीले पनि आफ्नै नेतृत्वमा सरकार बनाउने असफल प्रयास गरेको वर्ष दिन नाघिसकेको छ।
दलहरूबीचको गठजोड हेर्दा बहुमतका आधारमा समेत नयाँ सरकार निर्माण गर्न गाह्रो हुने मूल्यांकन माओवादी केन्द्रीय सचिवसमेत रहेका मुख्य सचेतक बोगटीको छ। ‘पुरानै गठबन्धनतिर उद्यत हुने खेलले पनि राम्रो गर्दैन', बोगटीले भने, ‘माओवादी बहुमत पुगे आफ्नो नेतृत्वमा सरकार बनाउन र नपुगे प्रतिपक्षमा बस्न तयार छ।' अहिले माओवादीलाई कसरी अप्ठेरोमा पार्ने भनेर गठबन्धन प्रयास भइरहेको उनको आरोप छ।
व्यवस्थापिका संसद्को कार्यसञ्चालन नियमावलिको नियम ७ (२) मा ‘सहमति कायम हुन नसकेमा प्रधानमन्त्रीको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने' लेखिएको छ। सभामुख सुवासचन्द्र नेम्वाङले राष्ट्रपतिको चिठी प्राप्त हुनासाथ प्रक्रिया अघि बढाउने यसअघि नै बताइसकेका छन्।
२५ दलको प्रतिनिधित्व रहेको समितिको परामर्शअनुसार, सभामुखले प्रधानमन्त्रीको निर्वाचनको तिथि तोक्नेछन्। १ जना सदस्यको समर्थनमा अर्को सदस्यलाई प्रधानमन्त्री चयन गरियोस् भन्ने प्रस्तावको सूचना महासचिवलाई दिन सक्ने व्यवस्था नियमावलीको नियम ७(३) मा छ। एकभन्दा बढी उम्मेदवारको प्रस्ताव दर्ता भएमा पालैपालो निर्णयार्थ पेस गरिने संसद्का कानूनी सल्लाहकार टेकप्रसाद ढुंगानाले बताए।
तत्काल कायम रहेका सदस्यको बहुमत अर्थात् ३०१ पुर्याउने प्रधानमन्त्री चयन हुने व्यवस्था छ। कुनै पनि प्रस्तावले प्रस्ट बहुमत नपाए ती सबै प्रस्तावमाथि पुनः मतदानको तिथि तोकिनेछ। पुनः पालैपालो मतदान हुनेछ। अहिलेको परिस्थिति हेर्दा ३/४ पटक चुनाव हुँदा पनि प्रधानमन्त्री चयन हुन गाह्रो पर्ने एमालेका एक नेताले बताए। उनले भने, ‘त्यसपछि दलहरूबीच नयाँ समीकरण बन्छ कि!' बढी मत पाउने २ जनाबीच मात्र प्रतिस्पर्धा गराउने व्यवस्था छैन।
अस्पष्ट ‘राष्ट्रिय सहमति'
दलहरूले राष्ट्रिय सहमतिको सरकार बनाउने भने पनि यसबारे उनीहरुको बुझाइ आ-आफ्नै छन्। अन्तरिम संविधानमा भने ‘राजनीतिक सहमति' शब्दावली उल्लेख छ। संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले राजनीतिक सहमतिको सरकार भन्नाले ‘राष्ट्रिय एकताको सरकार' भनेर बुझ्नुपर्ने बताए।
विदेशी अभ्यासमा पहिलो र दोस्रो ठूलो पार्टीको सहभागिताको सरकारलाई राजनीतिक सहमतिको मानिने आचार्यले बताए। माओवादी र कांग्रेस दुवै दल सहभागी नभएको सरकार राष्ट्रिय सरकार हुन नसक्ने उनले बताए।
राष्ट्रपतिका कानूनी सल्लाहकारसमेत रहेका संवैधानिक कानुनका जानकार सूर्य ढुङ्गेल संविधान सहमतिको दस्तावेज भएकाले यो संविधानअनुसार बन्ने सरकार नै सहमतिको सरकार भएको व्याख्या गर्छन्। उनी प्रतिपक्षको समेत सहमतिमा संविधानअनुसार, सरकार सञ्चालन हुने सिद्धान्तको व्याख्या गर्छन्।
एमाले नेता प्रदीप ज्ञवालीले संविधानले २५ दलको साझा सहमतिबाट सरकार चयन हुने परिकल्पना गरेको बताए। उनले भने, ‘राजनीतिक हिसाबले ठूला ३ दल र मधेसी दलको प्रतिनिधित्व हुने सरकारलाई राष्ट्रिय सहमतिको सरकार मान्न सकिन्छ, गणितीय हिसाबले संविधानसभाको दुईतिहाइ सदस्यको समर्थन र जनआन्दोलन भावनाअनुसारको सहमति हो।'
Monday, March 29, 2010
विश्वका ८ नेताको सूचीमा प्रचण्ड
विश्वको सबैभन्दा ठूलो आर्थिक र सांस्कृतिक मेला, सांघाई एक्स्पोमा चीनले आमन्त्रण गरेका आठ नेताको सूचीमा माओवादी अध्यक्ष प्रचण्डबेइजिङ ओलम्पिकको भव्य आयोजनाबाट विश्वलाई चकित पारेको चीन विश्व एक्स्पोको अन्तिम तयारीमा छ । सात वर्षको तयारीपछि १ मेमा सांघाई एक्स्पो आयोजना हुँदै छ ।
आयोजक चीनले एक्स्पोका बारेमा विश्वका एक सय सेलेबि्रटीसँग उनीहरूको सन्देश मागेको छ । विश्वका उत्कृष्ट सेलिबि्रटीको सन्देश भन्दै चिनियाँ रेडियो, टेलिभिजन र पत्रपत्रिकाले प्रकाशन तथा प्रसारण गरिरहेका छन् ।
एक सय सेलिबि्रटीका सूचीमा आठ नेता छानिएका थिए, आठ नेताको सूचीमा नेपालका पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड छानिएका थिए ।
प्रचण्डसँगै आयोजक चीनले सिंगापुर सरकारका अभिभावक लि क्वान यु, जर्मनीका पूर्वचान्सलर गेहार्ड सोर्डर, जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदा, अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिन्जर, न्युजिल्यान्डका पूर्वप्रधानमन्त्री हेलेन क्लार्क र हंगेरीका पूर्वप्रधानमन्त्री पिटर मेगिसीलाई पनि चीनले उत्कृष्ट नेता मानेर सन्देश मागेको थियो । यी सबै नेताले सांघाई एक्स्पोलाई सम्बोधन गर्नेछन् ।
विज्ञान, विकास र संस्कृतिको महाकुम्भ
एक्काइसौँ शताब्दीको सहरी जीवनको सम्पूर्ण भव्यता र चुनौतीलाई प्रस्तुत गर्न आयोजना हुँदै छ सांघाई वल्र्ड एक्स्पो २०१० । विज्ञान, विकास र संस्कृतिसम्बन्धी यो नै पहिलो विश्व मेला भएकाले संसारभरिका सरकार, वैज्ञानिक, व्यवसायी र आमनागरिकलाई आकषिर्त गर्नेछ ।
१ मेमा सुरु हुने र एक सय ८४ दिनसम्म चल्ने यस एक्स्पोको नारा छ- बेटर लाइफ, बेटर सिटी अर्थात्् उन्नत जीवन, उन्नत सहर । करिब दुई देश र पचास अन्तर्राष्ट्रिय संगठन सहभागी हुने यस मेलामा सहभागीले सहर सभ्यतालाई व्यापक पक्ष र दृष्टिबाट प्रस्तुत गर्नेछन् ।
सहभागीले सहर विकासका अनुभव आदान-प्रदान मात्रै गर्ने छैनन्, विकास र व्यवस्थापनका आधुनिक अवधारणा र नमुना पनि प्रस्तुत गर्नेछन् । त्यस्तै, एक्स्पोमा सहभागीले नयाँ शताब्दीको मानव बसोबास र जीवनशैलीबारे नयाँ-नयाँ खोज प्रस्तुत गर्नेछन् । यस एक्स्पोको आधारभूत सन्देश छ- ६ महिनाको विकास योजना तयार गर्दा ६० वर्षलाई ध्यान दिनुपर्छ ।
एक्स्पो नवीन प्रदर्शनी र अन्तक्रिर्यामा केन्दि्रत हुनेछ । मेलाले मानवकेन्दि्रत विकास, वैज्ञानिक र प्राविधिक आविष्कार, सांस्कृतिक विविधता र विश्व साझेदारीमा महत्त्वपूर्ण योगदान पुर्याउने आयोजक चीनको अपेक्षा छ ।
साथसाथै, यो एक्स्पो ठूलो अन्तर्राष्ट्रिय भेला पनि हुनेछ । सांघाई एक्स्पोमा सात करोडभन्दा बढी मानिस आउने अनुमान गरिएको छ ।
एक्स्पोले अन्तरसांस्कृतिक संवादका लागि पनि महत्त्वपूर्ण अवसर प्रदान गर्नेछ । एक्स्पोको समापनअघि 'सांघाई घोषणापत्र' जारी गरिनेछ । विश्व मेलाको इतिहासमा कोशेढुंगो साबित हुने विश्वास गरिएको यस घोषणापत्रले एक्स्पोमा सहभागीका अनुभव र विचार समेट्नेछ ।
विश्वको आर्थिक र सांस्कृतिक केन्द्रका रूपमा सांघाई सहरलाई स्थापित गराउने विश्वासका साथ सांघाईवासी पनि मेला सफल पार्न उत्साहसाथ लागिरहेका छन् ।
यस एक्स्पोलाई सफल पार्न चीन सरकारले सम्भाव्य सबै उपाय अपनाएको छ । ओलम्पिकलाई भव्य बनाएर वाहीवाही कमाएको चीनले सांघाई एक्स्पोलाई पनि प्रतिष्ठाको विषय बनाएको छ । त्यसैले उद्घाटनका लागि काउन्टडाउन भइरहँदा तयारी भने पूरा भइसकेको छ ।
सात वर्षको तयारीपछि सांघाई विश्व एक्स्पो कार्यकारी परिषद्का उपप्रमुख याङ स्युङले दाबी गरेका छन्, 'एक्स्पोमा भाग लिने विदेशी सहभागीको संख्याले नयाँ कीर्तिमान कायम राख्नेछ ।' स्युङका अनुसार दुई सय देशका अतिरिक्त चीनका ३१ प्रान्त तथा हङकङ, मकाउ र ताइवानले पनि सांघाई विश्व एक्स्पोमा भाग लिनेछन् ।
दैनिक चार लाख पर्यटकको सत्कार गरिने बताउँछन् स्युङ । सांघाई नगरले विश्व एक्स्पोको अवधिभरि यातायातको प्रस्ताव सार्वजनिक गरेको छ, जसमा एक्स्पोका दर्शकलाई घुम्ने सुविधाको उचित प्रबन्ध गरिएको छ ।
'हामीले धेरै कदम च्ाालेका छौँ,' स्युङले भने, 'पाँच भूमिगत रेल विश्व एक्स्पोको बागबानी र त्यसनजिकका क्षेत्र हँुदै पार गर्नेछन् ।' करिब एक हजार मोटरगाडी, दस विशेष सडक र ९० भन्दा बढी सार्वजनिक बसको बन्दोबस्त गरिएको छ । एक्स्पोमा दैनिक चार लाख दर्शक सहभागी भए पनि उनीहरूको माग सजिलै पूरा गरिनेछ ।'
एक्स्पोमा सुरक्षा व्यवस्था पनि कडा बनाइएको छ । 'कडा तथा उचित कदम चालेर एक्स्पोलाई शान्तिपूर्ण खुसियाली वातावारणमा सम्पन्न गरिनेछ,' स्युङको दाबी छ ।
सांघाई एक्स्पोमा नेपालको प्रदर्शनी
सांघाई एक्स्पोमा नेपालले पनि तामझामसाथ सहभागिता जनाउने भएको छ । राजनीतिक नेतृत्वका रूपमा पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्ड सहभागी हुदै छन् भने व्यावसायिक रूपमा इम्पिमेन्टिङ एक्सपोर्ट ग्रुपले सहभागी जनाउँदै छ ।

विश्व प्रदर्शनीमा छुट्टै व्यावसायिक मण्डपसहित सहभागिता जनाउन लागेको नेपालले मौलिक कलात्मक शैलीमा मण्डप निर्माण गरिरहेको छ । नेपालबाटै निर्माणसामग्री लगेर व्यावसायिक मण्डप बनाइएको छ ।
नेपाली व्यावसायिक मण्डप बनाउन व्यवस्थापकीय र आर्थिक संयोजन गर्ने जिम्मा पाएको इम्पिमेन्टिङ एक्सपोर्ट ग्रुपले नेपालमा भइरहेको तीव्र सहरीकरण र यसले मौलिक कलामा पारेको प्रभाव झल्काउने गरी मण्डप बनाएको जनाएको छ ।
परम्परागत वास्तुकला तथा कौशलबाट सुसज्जित बृहत् मण्डपलाई अरनिको मण्डप नाम दिइएको छ । ३६०० वर्गमिटर क्षेत्रफलमा नेपाली राष्ट्रिय मण्डपलाई राखिने भएको छ ।
मण्डपमा नेपाली हस्तकला, वास्तुकला, मूर्तिकला लगायतका सामग्री साथै पर्यटन प्रवर्द्धनका लागि विभिन्न किसिमका सामग्री पनि राखिनेछन् । मण्डपमा नेपाली परिकारका स्टल, बुद्ध, भृकुटी र अरनिकोसम्बद्ध सामग्री तथा नेपालको प्रतिनिधित्व झल्काउने विविध सामग्री राख्ने स्थानसमेत बनाइएको छ ।
सांघाई नयाँ चीनको प्रतीकः किसिन्जर
१९७२ मा मैले पहिलोपटक सांघाई भ्रमण गरेदेखि अहिलेसम्म दुनियाँ व्यापक परिवर्तनबाट गुज्रेको छ । सायद स्वयं चीनमा भन्दा अन्यत्र कतै यति बढी दूरगामी परिवर्तन भए होलान् । ओलम्पिक खेलको आतिथ्य प्रदान गर्दा चीनले विश्वलाई चकित तुल्याउने गरी उद्घाटन र समापन समारोह भव्यतापूर्वक सम्पन्न गरेको थियो, जसमा नाटकीय रूपमा चीनको आकासिँदो परिकल्पना र प्राविधिक परिस्कारको प्रदर्शन भएको थियो ।
एक शताब्दीभन्दा बढी समय सांघाई चीन तथा विश्वका महान् नगरमध्येको एक साबित भएको छ । यो सहर वाणिज्य क्षेत्रमा आकर्षणको केन्द्र, अन्तरसांस्कृतिक सञ्चारका लागि 'मौरीको घार', बौद्धिक उत्कृष्टताको केन्द्र तथा बाहिरी दुनियाँका लागि चीनको अनुहारका रूपमा रहिआएको छ ।
१९७२ को सांघाई घोषणाले अमेरिका-चीनबीचको कूटनीतिक सम्बन्ध स्थापना गर्न र हाम्रा दुई देशबीच सांस्कृतिक, शैक्षिक तथा व्यापारिक सम्बन्धको अति ठूलो वृद्धिका लागि मार्गप्रशस्त गरेको थियो । हाम्रो व्यापक बन्दै गएको सम्बन्ध यिनै खाँबोमध्येको एक खाँबोमा अडेको छ ।
विश्व एक्स्पो-२०१० ले सांघाईलाई फेरि विश्वको ध्यान तान्ने केन्द्रबिन्दु बनाउनेछ । यसका दर्शकदीर्घा र प्रदर्शनी हरेक महादेशका जनताका उत्कृष्ट प्रतिभा तथा उत्पादनका भरिपूर्ण सोकेस बन्नेछन् । विदेशी दर्शक पनि सांघाई कसरी रूपान्तरित भएको रहेछ भनी हेर्ने अवसर पाउनेछन्, चिनियाँ मित्र तथा परिचित व्यापारीसँग घुलमिल गर्न पाउनेछन् र सांघाईले देखाउने समृद्ध सांस्कृतिक तथा खाद्य व्यञ्जनको नमुना हेरेर आनन्द लिनेछन् ।
३७ वर्षअघि हामी यति लामो बाटो सँगसँगै हिँड्नेछौँ भन्ने कुराको कल्पना गर्न सकेका थिएनौँ । तर, दिशा सुनिश्चित थियो, उद्देश्य विकल्पहीन थियो र भविष्य उज्ज्वल देखिन्छ ।
म सांघाईका जनता तथा एक्स्पो-२०१० का आयोजकलाई तपाईंको ऊर्जा र अग्रसरताका कारण यो एक्स्पो सम्भव भएकोमा बधाइ दिन चाहन्छु र हरेक सफलताको कामना गर्छु । म मेरो परिवारसहित प्रदर्शनीमा राखिएका वस्तुको आश्चर्य हेर्न आउने पर्खाइमा छु ।
नेपालका लागि उदाहरणः प्रचण्ड

सांघाईमा २०१० मेबाट सुरु हुन लागेको वल्र्ड एक्स्पोको अवसरमा जनगणतान्त्रिक चीन र त्यहाँका जनतालाई शुभकामना प्रदान गर्न पाउँदा मैले गौरवान्वित महसुस गरेको छु । यो एक्स्पो विज्ञान, प्रविधि, औद्योगिक उत्पादनलगायत आर्थिक विकास र मानवीय उपलब्धि प्रस्तुत गर्ने मञ्च बनेको छ । यसैगरी, थुप्रै राष्ट्रको सक्रिय सहभागिताबाट एक्स्पो सांस्कृतिक अनुभव आदान-प्रदान गर्ने र समस्याको समाधान साट्ने थलो बन्नेछ ।
एक्काइसौं शताब्दीको विश्वमा राजनीति तथा आर्थिक क्षेत्रमा चीनको शान्तिपूर्ण अग्रतालाई प्रस्तुत गर्ने यो सुनौलो अवसर पनि हो । यो एक्स्पो अन्तर्राष्ट्रिय जगत् विशेषगरी नेपालका लागि पनि चासोको विषय हो । चीनले हासिल गरेको आधुनिक विकासबाट नेपालजस्तो कमजोर आर्थिक अवस्था भएको मुलुकलाई पूर्वाधार विकास, उच्च र दुईपक्षीय सहयोगमार्फत फाइदा पुग्छ भन्नेमा हामी विश्वस्त छौँ । 'राम्रो सहर, राम्रो जीवन' नाराका साथ १ मेदेखि ३१ अक्टोबरसम्म हुने यस एक्स्पोमा दुई सयभन्दा बढी देश र अन्तर्राष्ट्रिय संस्था लगायत सात करोड आगन्तुक सहभागी हुने अपेक्षा गरिएको मैले बुझेको छु । यस वल्र्ड एक्स्पोले इतिहासमा नयाँ कीर्तिमान राख्नेछ । सांघाईजस्तो तरंगपूर्ण सहरमा हुने यस एक्स्पोले विश्वलाई नयाँ रंग दिनेछ ।
सडक, पानी, सरसफाइ र सुरक्षाजस्ता सहरका अत्यावश्यक सबै पूर्वाधार र जनतालाई समृद्ध हुने अवसर प्रदान गर्ने चीनको सक्षमता र क्रियाशीलता 'राम्रो सहर, राम्रो जीवन' भन्ने नाराले पनि प्रतिविम्बित गर्छ जस्तो मलाई लाग्छ । चीनको यो सफलता विश्वका अन्य विकाशील देशका लागि पनि उत्कृष्ट उदाहरण हो । दिगो विकासको क्षेत्रमा चीनको उपलब्धि अन्य देश विशेषगरी दक्षिण एसियामा अनुकरणीय छ ।
आज हामी चिनियाँ मित्र सँगसँगै खुसीसाथ उत्सव मनाइरहेका छौँ । विश्व एक्स्पोको भव्य सफलताका लागि मेरो शुभकामना छ ।








