परिवारलाई सम्भिmरहन्छु
मेहनत, लगनशीलता र परिश्रमले साँच्चै मान्छेलाई कुन स्तरबाट कुनसम्म पुर्याउँछ भन्ने उदाहरण हुन् धनुषाधाम ८ गोइयाहाका २८ वर्षे विजयकुमार यादव । सन् २००० मा अलमिस्नाद कम्पनीमा क्लिनरको रुपमा आएका उनले अहिले ठूलो फड्को मारेका छन् । अलमिस्दानमा ६ वर्ष क्लिनर भएर काम गरेका उनी १ वर्ष अफिस एसिस्टेन्टमा कार्यरत हुँदै अहिले कतार ग्यास को सेफ्टी इन्भारोमेन्ट एन्ड क्वालिटी डिपार्टमेन्टको टेक्निकल ऐसिस्टेन्टमा
छन् । सुरुका दिनमा आफ्नो मातृभाषा -मैथिली) बाहेक नेपालीसमेत बोल्न नजानेका यादव अहिले नेपाली र अंग्रेजी त राम्रो बोल्छन् नै, त्यसबाहेक अन्य भाषा पनि जानेका छन् । विभिन्न देशका कामदारहरुको हेलमेल गर्दा नेपाली बोल्दा पनि उनको लवजमा अंग्रेजी झल्कन्छ ।
उनको परिवारमा श्रीमती, २ वर्षे छोरा र बुबा-आमा
छन् । कडा परिश्रम नै आफ्नो सफलताको खुड्किला मान्ने यादव सामाजिक भावना भएका व्यक्ति हुन् । उनले कम्पनीमा कार्यरत नेपालीहरुलाई परेको समस्यामा हरपल सहयोग गर्दै आएका छन् । मौसफल अलखोरमा रहेको सन्ध्या ग्रुपको आयोजनामा गरिएको सांस्कृतिक कार्यक्रममा सहसंयोजकको भूमिका निभाउँदै उक्त कार्यमा सहयोग पनि गरे । एसएलसीसम्मको अध्यायन गरेका यादव व्यवहारले आफू डिप्लोमा गरेको बताउँछन् । आफू यहाँसम्म आउन अस्टे्रलियाका प|mेडिक गुइरगुइसको ठूलो भूमिका रहेको बताउँछन् । कतार बसाइमा सन्तुष्ट रहेको तर्क राख्ने यादव परिवारलाई नै यतै ल्याउने सोचमा छन् । यादवसँग कतार बसाइमा बटुलेका अनुभवको बारेमा गरिएको कुराकानी-
कतार आउनुपूर्व के गर्नुहुन्थ्यो ?
कतार आउनुअघि पढाइ र पुख्र्यौली पेसा कृषिमा आबद्ध थिएँ ।
सुरुमा लेबरमा आउनुभएको रहेछ । यो तहसम्म पुग्छु जस्तो लागेको थियो ?
कडा परिश्रम गर्नुका साथै कर्मलाई सम्मान गरेर
अगाडि बढ्ने जो-कोही पनि आफ्नो लक्ष्यमा पुग्न सफल हुन्छ । मलाई यहाँसम्म आइपुग्नुमा मेहनतसँगै भाग्यले
पनि साथ दिएको छ । म यहाँसम्म आउनका लागि अस्टे्रलियाका प|mेडिक गुइरगुइसको पनि ठूलो भूमिका छ ।
विदेशी राष्ट्रहरूका व्यक्तिहरूको व्यवहार कस्तो
पाउनुभएको छ ?
उनीहरूले अन्य मुलुकका व्यक्तिहरूलाई गर्नेजस्तै राम्रो व्यवहार गर्छन् । नेपाली भनेर कुनै नराम्रो व्यवहार गरेको पाएको छैन । इन्टरनेसनल मान्छेहरूकै जस्तो फेसिलिटी कम्पनीबाट पाएको छु ।
कतार बसाइमा के पाए, के गुमाए जस्तो लाग्छ ?
गुमाएको भनेको परिवारको साथ मात्रै हो । कतार बसाइ मेरा लागि फलिफाप नै भएको छ । आफ्नो मातृभाषा मैथिलीमात्र बोल्न आउँथ्यो । अहिले अन्य भाषामा पनि दख्खल भएको छु । एसएलसीमात्र पढे पनि मलाई त डिप्लोमा गरेको जस्तो लाग्छ । यसका अलवा ४० भन्दा बढी देशका व्यक्तिहरूसँग हेलमेल गर्न पाएको छु ।
यति लामो समय विदेशमा बिताइसक्नुभयो । स्वदेश
र्फकने सोच बनाउनुभएको छैन ?
स्वदेश र्फकने विषयमा अहिले केही सोच बनाएको छैन । अझै केही वर्ष कतारमै बस्छु । अहिलेको पोस्टभन्दा माथिल्लो पोस्टमा जानका लागि तयारी गर्दै छु । परिवारलाई कतारमा नै झिकाएर सेटल हुने विचारमा छु ।
यस्को मतलव कतार बसाइबाट सन्तुष्ट हुनुहुन्छ ?
हजुर, सन्तुष्टमात्र होइन शतप्रतिशत सन्तुष्ट छु ।
प्रवास बसाइमा स्वदेशको के कुराको बारम्बार याद
आउँछ ?
फ्यामिलीको सधैं याद आउँछ । बुबाआमा, श्रीमती र छोराहरूलाई सम्भिmरहन्छु । अरू त्यस्तो कुनै घटना छैन । प्रस्तुति ः राजेश्वर ढकाल
हिटलरका दस रोचक तथ्य
'मानवतावाद मूर्खता र कायरताको अभिव्यक्ति हो,' संसारलाई दोस्रो विश्वयुद्धको कोसेली दिने नेसनल सोसलिस्ट पार्टीका नेता नाजी तानाशाह हिटलरको भनाइ हो यो । उनी १९३३ देखि १९४५ सम्म जर्मनीका चान्सलर थिए । यी खलनायकबारे अहिलेसम्म सर्वसाधारणको जानकारीमा नआएका दस रोचक तथ्य यहाँ प्रस्तुत छन्:
करोडौं मानिसको ज्यान लिने हिटलर स्वयं भने शाकाहारी थिए । कुनै पनि नसाको लत नभएका हिटलरलाई स्पीड अर्थात् तीव्र गतिमा भने निकै गहिरो मोह थियो ।
हिटलरले १६ वर्षकै उमेरमा विद्यालय जान छाडे । उनका बाबुले उनलाई भन्सारको जागिरमा लगाउन खोजेका थिए, तर उनी भने पेन्टर बन्न चाहन्थे । बाबु मरेपछि हिटलर भियना गए । पेन्टिङको औपचारिक शिक्षा लिन उनले प्रवेश परीक्षा दिएका थिए, तर फेल भए । निराशाको वेला उनी कफी हाउस र सडकतिर जान्थे, जहाँ उनको भेट राजनीति गर्नेहरूसँग हुन्थ्यो । यसले उनमा राजनीतिप्रति रुचि उत्पन्न गरायो ।
बाबुको सम्पत्ति सकिएपछि हिटलरलाई पैसाको अभाव हुन थाल्यो । नपढेकाले गतिलो काम पनि पाउने कुरा भएन । पत्रपत्रिकामा लेखेर गुजारा चलाउन थाले । विस्तारै उनको राजनीतिमा दख्खल बढ्दै गयो । सम्पर्क र लेखनकै माध्यमबाट उनले घर र गाडीको जोगाड गर्न सके ।
हिटलरमा आफ्नो भाषणले श्रोतालाई मन्त्रमुग्ध पार्नसक्ने क्षमता थियो । उनको भाषण सुनेर मानिस भावुक बन्थे, उत्तेजित हुन्थे । उनी भाषणको पूर्वाभ्यास (रिहर्सल) गर्थे । रिचर्ड वाग्नरको ओपेरा वा संगीतका बारेमा उनी बोल्न थाले भने कसैले पनि उनलाई रोक्न सक्दैनथ्यो ।
हिटलरको हस्तलिपि बडो सफा र सुन्दर थिए । तर, उनी सुझबुझका साथ विचारबद्ध भएर लेख्न भने जान्दैनथे । उनको आत्मकथा 'मेन क्याम्फ' पढ्नेहरू यस्तै भन्छन् ।
हिटलर चलचित्र र पेस्ट्रीका निकै सोखिन थिए । उनी निजी थिएटरमा नियमित रूपमा फिल्म हेर्ने गर्थे । उनलाई कमेडी फिल्म मन पथ्र्यो । बढी मात्रामा उनी जर्मनका लागि प्रतिबन्ध लगाइएका विदेशी फिल्म हेर्थे । सर्कसका करामत उनलाई निकै रमाइलो लाग्थ्यो । उनी वेला-वेला सर्कसका कलाकारलाई चकलेट, पेस्ट्री र फूल उपहार दिने गर्थे । उनलाई जिप्सी संगीत मन पथ्र्यो, उनी वाग्नरका पुजारी थिए ।
उनलाई खेलकुद र व्यायाममा कुनै रुचि थिएन । कहिलेकाहीँ हिँडडुल भने गर्थे ।
आफैँ भएको न्युजरिल हेर्न उनलाई निकै मन पथ्र्यो । राजनीतिक प्रचारका लागि उनले सुरु- सुरुमा रेडियो प्रसारण, र्याली, लाउडस्पिकरको प्रयोग गरेका थिए । हिटलर विश्वकै पहिलो यस्ता राष्ट्रप्रमुख हुन्, जसको निजी हवाईजहाज थियो र पाइलट पनि ।
अहिले पनि विश्वप्रख्यात मानिने अमेरिकी म्यागेजिन 'टाइम' ले उनलाई १९३८ को 'वर्षपुरुष' घोषणा गरेको थियो ।
घरपरिवार तथा बिहेजस्ता कुरामा हिटलरको कुनै रुचि थिएन । तीबाट उनी टाढै बस्थे । हिटलरको मृत्यु ३० अपि्रल १९४५ मा बर्लिनमा संदिग्ध अवस्थामा भएको थियो र ठीक अघिल्लो दिन इवा ब्राउनसँग उनले बिहे गरेका थिए । उनले आफ्नो पाल्तु कुकुरसँगै साइनाइड नामक विष खाएर आत्महत्या गरेका थिए ।
