Wednesday, July 14, 2010

माओवादीलाई पाखा नपारः सुजाता

उपप्रधानमन्त्री सुजता कोइरालाले माओवादीलाई 'वाइपास' गरेर शान्ति प्रकृया र संविधान निर्माण टुङ्ग्याउन नसकिने बताएकी छन् ।
बुधबार केन्द्रिय समितिको बैठकपछि संवाददाताहरुसंग उनले माओवादीसंग दुरी बढाएर जाँदा समस्याको समाधान हुन नसक्ने उल्लेख गरिन् । 
'काँग्रेसले आफ्नो नेतृत्वको बहुमतीय सरकारको तयारी गर्दा पहिला शान्ति प्रकृया र संविधान निर्माणको कार्य अघि बढ्न सक्छ की सक्दैन भन्ने कुराको मुल्यांकन गरिनुपर्छ' उनले भनिन् । 
काँग्रेसले भने माओवादीले लडाकुको समायोजन तथा पुनस्थापनाका लागि ल्याएको प्रस्तावलाई अस्वीकार गर्दै बृहत शान्ति सम्झौताको कार्यन्वयन अघि माओवादीले सरकारको नेतृत्व गर्न नसक्ने भन्दै आफ्नो नेतृत्वमा बहुमतको सरकार बनाउन अभियान थाली सकेको छ ।

No comments: