
नेकपा-माओवादी सल्यानले वुधवार खलंगामा
आयोजनामा भएको पत्रकार सम्मेलनमा चन्दले भन्नुभयो-’प्रचण्ड र वावुराम
भट्टराई जनयुद्धका एजेण्डा स्थापित गर्नेमा सहमत भए एकता महाधिवेशन गर्न
सकिन्छ ।’ नेता चन्दले आफुहरु शान्ति र संविधान निर्माण प्रक्रियालाई
पूर्णता दिन काँग्रेस-एमाले लगायतका दलहरुसंग सत्ता साझेदार गर्न तयार
रहेको वताउनु भयो ।
उहाँले भन्नुभयो -’संक्रमणकाल अन्त्यका
लागि काँग्रेस-एमालेसंग सरकारमा सहभागी हुन तयार छौँ। ‘ चन्दले वर्तमान
अवस्थामा संविधानसभाको नयाँ निर्वाचन र पुनःस्थापना हुन नसक्ने भएकाले
मुलुकलाक्ष्ई निकास दिन उपयुक्त माध्यम गोलमेच सम्मेलन नै भएको वताउनुभयो ।
एकफरक प्रसंगमा चन्दले प्रधानमन्त्री डा
वावुराम भट्टराईले संविधानसभा विघटन गरेर जनतालाई धोका दिएको आरोप
लगाउनुभयो । जनताको माग शान्तिपूर्ण तरिकाले पुरा गर्न नदिए सरकार र एकीकृत
माओवादीकै कारण आफूहरु निर्णायक जनयुद्धमा जान बाध्य हुने चन्दको भनाई छ ।
No comments:
Post a Comment